कर्तव्य र निष्ठावान, दिनेश प्रधान

आफ्नो जीवनकालमा हरेक मान्छे सफल हुन चाहन्छन् । तर कमै भाग्यमानीहरु मात्र सफल बन्छन् । कसैलाई धेरै कर्म गरेर थोरै फल मिल्छ, त कसैलाई थोरै कर्म गरेर धेरै फल मिल्छ । २१ नोभेम्बर १९६७ मा काठमाडौको सुन्धारामा बाबु शंकरलाल प्रधान र आमा रत्नबाबा प्रधानको कोख बाट जन्मिनु भएको दिनेश प्रधान,आफ़्नो जिवनमा एक सफल व्याक्ती हुन् ।

नेवार जातीलाई विशेष व्यापार गर्ने जातीपनी भन्ने गरिन्छ । अधिकांश नेवार समुदायका मानिसहरु व्यापार व्यावासायमै लागेका पनि हुन्छन् । सायद यसैलेहोला, दिनेश प्रधानको बाबु-आमा पनि व्यापार-व्यावसायामै संलग्न हुनुहुन्थ्यो । व्यापारकै सिलसिलामा दिनेश प्रधान ९,१० बर्षको हुदा दिनेश प्रधानको बाबु-आमा काठमाडौ बाट चितवन गए। बाबु-आमा चितवन गएपछि दिनेश प्रधान पनि बाबु-आमा संगै चितवन जानु भयो । काठमाडौमा जस्तो सेवा सुविधा चितवनमा नभए पनि बाबु-आमालाई व्यापारमा सघाउदै,दिनेश प्रधानले त्यहीँको स्कुलमा पढ्न थाल्नु भयो । आइ ए सम्म चितवनमै पढेर फेरि काठमाडौ आउनु भएको दिनेश प्रधान पाटन कलेजमा र त्यसपछि किर्तिपुर कलेजबाट मास्टर डिग्री सक्नु भयो ।
प्रधान परिवारमा डिग्री गर्ने, सायदै पहिलो व्याक्ती हुनुहुन्छ दिनेश प्रधान । किर्तिपुर बाट मास्टर डिग्री सके पछाडि, लामो समय सम्म (३३ बर्ष) काठमाडौको स्टाफ कलेजमा काम गर्नु भयो दिनेश प्रधानले । अहिले उहाँको श्रीमती कमलनयन प्रधान स्टाफ कलेजमै अध्यायन निर्देशक पदमा कार्यरत हुनुहुन्छ । स्टाफ कलेजमा लामो समय सम्म काम गरेपश्चात अहिले भाटभटेनि सुपर मार्केट पुल्चोकमा शाखा म्यानेजरको रुपमा कार्यरत हुनुहुन्छ ।

आफ्नो कार्य कर्तव्य प्रति निष्ठावान दिनेश प्रधान संघर्ष गरेर हिम्मत नहार्ने एक व्याक्तीहुन् । वहाँ जहाँ काम गर्नु हुन्छ त्यहाँ सफलता हुन्छ । वहाँकै कुशल कार्य सफलताले गर्दा,भाटभटेनि सुपर मार्केट पुल्चोकले आज राम्रो व्यापार गर्नु मात्र हैन, प्रगती पनि गरिरहेको छ ।

जिवनमा खासै ठुलो इच्छा र उदेश्य नभए पनि, आफ्नो छोरीहरुको भविष्य राम्रो बनाउनु कर्तव्य ठान्नु हुन्छ दिनेश प्रधान ।dinesh pradhan 1

नाम           :दिनेश प्रधान
ठेगाना         :धोबिघाट ललितपुर
जन्म मिति   :२१नोभेम्बर १९६७
श्रीमती        :कमलनयन प्रधान
छोरी-ज्वाईं   :निभा-फर्डिनाण्ड रेइत्ज़ (जर्मनी)
छोरी          :आभा प्रधान
बाबु           :शंकरलाल प्रधान
आमा         : रत्नबाबा प्रधान
बाजे          :ईन्द्रलाल प्रधान
बजु           :डिल्लीकुमारी प्रधान

Leave a Reply

Your email address will not be published. Required fields are marked *