आभा मुकारुङ्ग र कुवेर राईको मायामा धराप (भिडियो सहित)

ईन्द्र जिजीबिषा-काठमाडौ २८ बैशाख, गायिका आभा मुकारुङ्ले गाएको फिमेल भर्सन र गायक कुवेर राईले गाएको मेल भर्सनको “सोझो बाटो मायाको हिडेको बिचमै धराप थापेछ खुनिले” बोलको गीत भर्खरै बजारमा आएको छ ।

नयाँ बर्ष २०७४ सालको पुर्व सन्ध्यामा गायिका आभा र कुवेर राईले उक्त गीत सार्वजनिक गरेका हुन् । कता हिडेको ? कसलाई खोजेको ? भनन भन हे, बिरानो परदेशी, सल्ला सुसायो है,काली पारे दाई हो हो, जस्ता सयौ चर्चित गीतहरुमा स्वर दिएकी गायिका आभा मुकारुङ् र “मायाले मूलबाटो भुलेछ” “अल्झिएकी शितहरु पात-पातमा” भन्ने गीतका गायक कुवेर राईले नयाँ बर्षको अवसर पारेर उक्त गीत स्रोता सामु ल्याएका हुन् । आनन्द अधिकारीको शब्द रचनालाई पबिधन खालिंगले संगीत गरेका छन् भने, एरेन्ज फडिन्द्र राईले गरेका छन् ।

“सोझो बाटो मायाको” बोल रहेको गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । रोबिन विष्ट र सानु सुब्बा नेम्वाङ्गले अभिनय गरेको उक्त म्युजिक भिडियोलाई छायांकन र निर्देशन देवजंग थापाले गरेका छन् भने,सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

उक्त गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

फिमेल भर्सनमा गायिका आभा मुकारुङ्ग

मेल भर्सनमा गायक कुवेर राई

5 thoughts on “आभा मुकारुङ्ग र कुवेर राईको मायामा धराप (भिडियो सहित)

  1. धन्यवाद, गीत सुनेर मन पराई दिनु भएकोमा यहाँलाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *