वरिष्ठ साहित्यकार दान खालिङको ८९ वर्षको उमेरमा निधन

dan-khaling२१ भदौ, काठमाडौं ।वरिष्ठ साहित्यकार दान खालिङको ८९ वर्षको उमेरमा निधन भएको छ ।

विक्रम सम्वत् १९८४ मा भारतको दार्जिलिङमा जन्मिएका खालिङको सोमबार साँझ सिलिगुडीमा निधन भएको हो । उनी पछिल्लो समय नसासम्बन्धी रोगबाट पीडित थिए ।

उनको पार्थिव शरीरलाई मंगलबार दिनभरि श्रद्धाञ्जलीका लागि सिलिगुडीमा राखिने र बुधबार जन्मथलो दार्जिलिङमा अन्त्येष्टि गरिने भएको छ ।

पूरा नाम दानियल खालिङ भएका उनले पछि दान खालिङ मात्र लेख्न थालेका थिए । विश्वेश्वरप्रसाद कोइरालासँग पहिलोपल्ट दार्जिलिङमा भेटेपछि निकै प्रभावित भएका उनी पढाइ त्यतिकै छाडेर २००७ सालको आन्दोलनमा बन्दुक बोकेर नेपाल पसेका थिए । विपीकै आह्वानमा २२ वर्षको उमेरमा दार्जिलिङको सुकिया पोखरीबाट इलामको पशुपतिनगरमा प्रवेश गरी खालिङले सशस्त्र क्रान्तिमा भाग लिएका थिए ।

सात सालको सालको आन्दोलन सफल भएपछि भने उनले बन्दुक बिसाएर कलम समाएका थए । साहित्यकार महानन्द सापकोटाको सरसंगतले साहित्य र शिक्षा क्षेत्रमा सक्रिय भएका थिए । सापकोटासँग मिलेर उनले विभिन्न ठाउँमा विद्यालय खोल्ने र सञ्चालन गराउने काम समेत गरे । खालिङले झापाको भद्रपुरमा ‘मेची छापाखाना’ को सञ्चालन तथा प्रकाशन गरेका थिए ।

नेपाल प्रज्ञा-तिष्ठानको प्राज्ञ समेत भएका उनले पटकपटक प्रयास गर्दा पनि नेपाली नागरिकता नपाएपछि दोस्रो जनआन्दोलनपछि नेपाल छाडेका थिए । पछिल्ला वर्षहरुमा उनी सिलिगुडीस्थित दार्जिलिङ मोडमा आफ्नी बहिनीको घरमा बस्दै आएका थिए ।भन्ने अनलाइ खबरमा समाचार छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *