यौन क्षमता बढाइदिने छेपारो

lizardभदौ २२, काठमाडौं । घरका भित्ताहरुमा वा यता उता टाँसिइरहने छेपारोको मूल्य लाखौँ सम्म पर्छ भन्ने कुरा सायदै तपाइँ कल्पना गर्न सक्नुहोला । तर चीनमा एउटा विशेष खालको छेपारोको मूल्य सुन तथा हिरा भन्दा पनि कम छैन ।

यो दुर्लभ छेपारोको नाम गिको हो । यो छेपारोले विशेष आवाज निकाल्दछ । टक के भने जस्तो आवाज निकाल्ने भएकाले यसलाई टक के छेपारो पनि भनिन्छ । चिनिया बजारमा यो छेपारोको मूल्य ६४ लाख रुपैयाँ जति पर्दछ । जाबो एउटा छेपारोको मूल्य यति धेरै पर्नुको खास कारण यो छेपारोमा भएको विशेष गुण हो ।

यो छेपारोको मासु औषधि बनाउनमा प्रयोग हुन्छ । दक्षिण पूर्व एसियामा मधुमेह तथा एड्स र क्यान्सर जस्ता रोगको परम्परागत औषधि बनाउनमा प्रयोग हुन्छ । यति मात्र होइन यौन क्षमता बढाउने औषधि बनाउन पनि यो छेपारोको प्रयोग गरिन्छ ।

अन्तराष्ट्रिय ब्लाक मार्केटमा समेत यो छेपारोको उच्च माग छ । लाखौँ रुपैयाँमा यसको तस्करी हुने गरेको छ । यो जातको छेपारो दक्षिण पूर्व एसिया, इण्डोनेसिया, भारत, फिलिपिन्स तथा नेपालमा पनि पाइन्छ । लगातारको वन विनाशका कारण यो छेपारो अहिले संकटमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *