(पृथक प्रकृति)भावाना सुब्बाका दुई केस्राहरु

१ – (केस्रा)
आग्रह

राख्नुछ है वीर गोर्खालीको नाम
एक जुट बनौँ गर्नलाई काम

रावण राज हाबी भएको छ नि
त्यस्लाई मासेर बढौं बनी राम

राखौन नेपाल नेपालीको नाम
जान नपरोस् कासी यहि छ धाम ।
२ – (केस्रा)

नारी

बाँच्छिन् सदा उनी कहर पिएर
देखाउछिन् उमंग साथ जिएर

त्यसै पाएकी होइन्न धर्ती संज्ञा
बस्छिन् परिवारको लागी खिएर

हरेस खान्न कैले आँसु पिएर
दिन्छिन् साथ लागेको घाउ सिएर ।

भावना सुब्बा (पृथक प्रकृति )

Leave a Reply

Your email address will not be published. Required fields are marked *