नयाँ शक्ति पार्टिको स्थानिय चुनावबारे छलफल सम्पन्न

काठमाडौ १४ बैशाख, नवोबुद्ध नगरपालिका बाट ठमेलमा व्यावसाय गर्ने नयाँशक्ति पार्टी नेपालका प्रतिनिधिहरुबीच आगामी निर्वाचनमा नयाँ शक्तिको भूमिका बारे बुधबार छलफल सम्पन्न भएको छ । नवोबुद्ध नगरपालिका बाट उप मेयरको उम्मेदवारी दिने तयारी गरेका नेपालका बरिष्ठ कार्गो व्यवसायी एवं समाजसेवी कुमार दाहालले आफ्ना नेतृत्वमा गरिने आमुल परिबर्तन र विकासका कार्य योजनाहरु प्रस्तुत गरे ।

अन्तराष्ट्रिय व्यापार नीतिमा थुप्रै अनुभव संगाली सकेका दाहालले नेपालमा नमोबुद्ध नगरपालिकालाई सम्बृद्ध नगरपालिकाको रुपमा स्थापित गर्न सकिने सम्भावनाहरु उपर चर्चा र छलफल गरे । काठमाडौको ठमेलमा आयोजना गरिएको उक्त छलफलमा नयाँ शक्तिका मात्र नभई अन्य पार्टीका सदस्य तथा प्रतिनिधि लगायत थुप्रै पर्यटन व्यवसायी युबाहरु र पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

दाहालले स्थानीय चुनाबमा नयाँ शक्तिको फरक र नयाँ सोंचलाई तदारुकताका साथ अघि बढाउन पार्टीकै नीति अनुशरण गरि पूर्ण रुपमा भ्रष्टाचार रहित योजनाहरु ल्याउने र कार्यन्वयनलाई द्रुत गतिमा अघि बढाउने प्रतिबद्धता समेत जाहेर गरे । दाहालले भने,धेरैले राजनीति गर्ने वा पार्टीमा लाग्ने व्यक्तिलाई भ्रष्टाचारी,स्वार्थी हुन्छन् भन्ने मात्र भुझेका छन् , तर त्यसो हैन,म र म जस्ता हामी धेरै छौं जो जसले आफूलाई केहि प्राप्त होस् भनेर हैनकी अरुलाई वा देश र समाजलाई के कति र कसरि केहि योगदान दिन सकिन्छ भनेर राजनीतिमा आउन बाध्य भएका छौं ।

नवोबुद्ध नगरपालिकालाई पर्यटकीयस्थल र कृषि व्यवसायिक क्षेत्रको रुपमा विकास गर्ने आफ्नो योजना मात्र नभई आफ्नो सपना पनि भएको र त्यसलाई अवस्य पुरा गर्ने स्रोत सम्भावनाहरु आफू संग भएकोले सरकारी सेवा सुविधाको लालच नरहेको बरु पाइने सेवा सुविधालाई विकास निर्माणमै खर्चिन आफू तत्पर रहेको सूचना खबरलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *