अनु गुरुङको “बाराही मन्दिर फेवा तालैमा” बोलको गीत बजारमा

0
732
anu gurumg

काठमाडौ ६ जेठ-गायिका तथा मोडेल अनु गुरुङको “बाराही मन्दिर फेवा तालैमा” बोलको गीत सार्वजनिक भएको छ । मध्यपश्चिम भेगमा गाईने लोकभाकालाई यो गीतमा टपक्कै टिपिएको छ ।

सांगीतिक क्षेत्रमा भर्खरै उदाउदै गरेकी गायिका अनु गुरुङ लोक दोहरी गायिका भएपनि सबै विधाका गीत गाउन उनि सक्षम छिन् । यो गीतमा गायिका अनु गुरुङलाई करण तामाङ्गले साथ् दिएका छन् भने संगीत पनि करण तामाङ्गकै रहेको छ ।

यो गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । यो गीतको म्युजिक भिडियोमा गायिका अनु गुरुङ र उमेशले अभिनय गरेका छन् । अर्जुन थापा मगरको निर्देशन रहेको उक्त गीतको म्युजिक भिडियोलाई संतोष पिठाकोटे मगरले छायांकन  गरेका छन् । यो गीतको म्युजिक भिडियोलाई छवि राना मगरले सम्पादन गरेका हुन् ।

यो गीतको म्युजिक भिडियो हेर्नलाई यहाँ क्लिक गर्नुहोला

LEAVE A REPLY