ललितपुर महानगरपालिकाको मतगणनास्थल तनावग्रस्त

काठमाडौं ८ जेठ- ललितपुर महानगरपालिकाको मतगणनास्थल तनावग्रस्त बनेको छ । मतगणना सार्वजनिक नगरिएको भन्दै प्रमुख दलका प्रतिनिधि नाराबाजीमा उत्रिएका छन् ।

विभिन्न राजनीतिक दलका प्रतिनिधि विरोध र प्रदर्शनमा उत्रिएपछि ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)मा जारी मतगणना प्रभावित भएको छ । मतगणना स्थलमा मेयरका उम्मेदवारबाहेक दलका प्रतिनिधिको सहभागीतामा रोक लगाएपछि स्थिति थप तनावग्रस्त बनेको छ ।

ललितपुर महानगरको वडा नम्बर २१ र २२ मा मतगणना सकिएपनि सार्वजनिक नगरिएको भन्दै दलका प्रतिनिधि रुष्ठ बनेका हुन् । उनिहरू अहिले निर्वाचन अधिकृत र प्रशासनविरुद्व नाराबाजीमा उत्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *