रेखा सागर “सानु दिनदु:खी”को एकल मुक्तक संग्रह फूलका लाशहरु विमोचित

ईन्द्र जिजीबिषा-काठमाडौ १३ जेठ-“फूलका लाशहरु”मुक्तक संग्रहको विमोचन गरिएको छ । साहित्यकार रेखा सागर “सानु दिनदु:खी”को एकल मुक्तक संग्रह फूलका लाशहरु काठमाडौमा एक कार्यक्रमको बीच बिमोचन गरिएको हो । प्रमुख अतिथि डाक्टर शैलेन्द्र प्रकाश नेपाल लगायत अतिथिहरुद्वारा विमोचित उक्त मुक्तक संग्रह भित्र २२२ वटा मुक्तकहरु संग्रहित छन् ।

हातेमालो साहित्य संगमको नियमित रचना वाचन श्रिङ्खला अन्तरगत कार्यक्रममा उक्त पुस्तक विमोचन गर्नुका साथै दुई दर्जन भन्दा बढि सर्जकहरुले आ-आफ्ना सृजना वाचन गरेका थिए । विमोचित संग्रह माथि साहित्यकार तथा संचारकर्मी रमेश पौडेलले टिप्पणी गरेका थिए । फूलका लाशहरु मुक्तक संग्रहलाई सुनिल अधिकारीले भाषा सम्पादन गरेका छन् भने हातेमालो साहित्य संगमले प्रकाशन गरेको हो ।

विगत केही समयदेखी रोजगारीको सिलसीलामा साउदी अरबमा रहेर नेपाल फर्किएका सर्जक रेखा सागर “सानु दीनदुखी”को  संयुक्त गजल संग्रह “सहकार्य”, संयुक्त गजल संग्रह “मोतिका पदचापहरू”,संयुक्त वहुविधा संग्रह “सृजनाका विस्कुनहरु”यो भन्दा अगाडी नै प्रकाशित भईसकेका छन् । साहित्यकार रेखा सागर हातेमालो साहित्य संगम काठमाडौका आजीवन सदस्य समेत रहेका छन् ।

रमेश पौडेल विमोचित कृति माथि टिप्पणी गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *