सनिल शर्माको “मेरो किचन”

हिउँ बिनाको हिमाल र फूल बिनाको बगान, जसको कुनै महत्व हुदैन । हिउँ हुन्छ र पो हिमाल, फूल फूल्छ र पो बगान ।  यो त प्राकृतिक सौन्दार्यताको कुरा हो ।  हिजोआज,कृतिम सौन्दर्यताको पारखीहरु पनि दिन प्रतिदिन बढिरहेका छन् ।

जसरी हिजोआज गहना र फेसनमा एक प्रकारको प्रतिस्पर्धा जस्तै हुने गरेको छ, त्यसरी नै छिमेकीहरु बीच घरलाई चिटिक्क र आकर्षक पार्ने अर्को प्रतिस्पर्धा हुने गर्दछ ।  हरेक सचेत नागरीक जोकोहीलाई पनि आफ्नो घर सफा र चिटिक्क परेको मन पर्छ ।  यसै कारणले गर्दा इन्टेरियर डिजाईन सम्बन्धि अध्यायन गर्नेहरुको जनशंख्या पनि धेरै बढेको छ ।

एउटा घरलाई बाहिरबाट जति नै सजायपनि घरभित्रको सजावट भएन भने,नयाँ सर्टभित्र फाटेको गन्जी जस्तै हुनेछ ।  जसरी मान्छेको अंगहरु मध्ये एक प्रमुख अंग मुटु हो त्यसरीनै  घरको मुख्य अंगको रुपमा भान्साकोठा (किचेन)लाई लिने गरिन्छ ।  भान्साकोठा मानिसहरुको स्वास्थ्य संगको प्रत्यक्ष सम्बन्ध राख्नेहुनाले पनि यसको महत्व निक्कै नै हुन्छ ।  यसैले किचनको सरसफाई र सजावटमा विशेष ध्यान दिनुपर्दछ ।

मेरो किचन
मेरो किचन आफैमा एउटा ब्राण्ड हो ।  काठमाडौको पेप्सीकोला स्थित छाप्रो नजिकै संचालनमा रहेको छ मेरो किचन ।  बिगत दुई बर्षदेखी संचालनमा रहेको मेरो किचनको संचालक सनिल शर्मा हुन् । नवलपरासी जिल्लाको देवचुली नगरपालिका पुर्ख्यौली घर भई काठमाडौ बस्दै आएका सनिल शर्मा  इन्टेरियर डिजाईन सम्बन्धि नै अध्यायन गरेका छन् ।  अहिले सनिल शर्मा मास्टर डिग्री पुरा गरेर आफ्नै व्यवसायमा व्यस्त छन् ।  दुई बर्षको अन्तरालमा हजारौ ग्राहकहरुको घरमा मेरो किचनले, किचनहरुको डिजाईन र निर्माण गरिसकेको छ ।  हजारौ किचनहरुको डिजाईन गरिसक्दा पनि कुनै पनि ग्राहकहरुको गुनासो आजसम्म आएको छैन ।  मेरो किचनमा आउने हरेक ग्राहकहरु पुर्ण सन्तुष्टी रहेका छन् ।

मेरो किचनमा के के पाइन्छन् ?
विशेष त उच्च गुणस्तरको मोडुलर किचेन, दराज , बेड,पार्केटिङ्ग, चिम्नी,चुलो , स्टिल रेलिङ्ग,आल्मुनियमको पार्टेसन ,झ्याल-ढोकाहरु मेरो किचनमा उपलब्ध रहेकाछन् । जर्मन र इण्डियाबाट सामानहरु ल्याएर मेरो किचनको आफ्नै कारखानामा इण्डियन कालिगढहरुद्वारा विभिन्न डिजाईनका सामानहरु यहाँ तयार गरिन्छ ।

किचनको लागी लगानी कति ?
सुर्य प्लाई, शिखर प्लाई , सगुन प्लाई जस्ता प्लाईहरु बाट ग्राहकहरुको छनौट अनुसार मेरो किचनले सामानहरु बनाउने गर्दछ ।  इन्डिया र जर्मन बाट सामानहरु ल्याएर ग्राहकको रोजाई , समय र स्थान अनुकुलको सामानहरु यहाँ तयार गरिने हुदा हरेक ग्राहकहरु सन्तुष्ट हुनेगर्दछ ।  किचनको डिजाईन र तयार गर्दा ग्रेनाइट टायल,सिंक ,चिम्नी,चुला,स्टिलका सामानहरु प्रयोग गर्दा सरदर दुई लाख लगानी गर्नुपर्ने हुन्छ ।

मेरो किचन नै किन ?
काठमाडौ उपत्यका लगायत वुटवल , चितवन , हेटौडा , नवलपरासी , लगायतका जिल्लाहरुबाट अत्याधिक मागहरु आईरहेकोले मेरो किचानालाई पुर्ण विश्वास गर्न सकिन्छ ।  मेरो किचनमा खरिद गरिएको सामानहरु घरमा पुर्‍याएर जोडी दिने र  मेरो किचनका सामानहरु १५ बर्ष सम्म ग्यारेन्टी हुने गर्दछ । स्टिलका सामानहरु लाईफ ग्यारेन्टी र चुला चिम्नीमा १ बर्ष ग्यारेन्टी हुने छ ।  धेरै काम गरेर सबै बाट थोरै थोरै नाफा खाने भएकोले ग्राहकहरु पनि मर्कामा नपर्ने देखिन्छ ।

ईण्डियन कालिगढहरुद्वरा मेरो किचनका सामानहरु तयार गरिनेहुदा विभिन्न डिजाईनमा आकर्षक हुने गर्दछ ।   यसैले पनि हरेक ग्राहकको रोजाईमा मेरो किचन नै पर्ने गरेको छ ।   २०७४ साल भित्रै हेटौडामा शाखा

विस्तारको योजना रहेको मेरो किचनका संचालक सनिल शर्मा र रश्मि कोईराला  शर्माले उपत्यकाकै सूर्यविनायकमा पनि शाखा खोल्ने तयारीमा जुटेका छन् ।

सम्पर्क
सस्तो, राम्रो बलियो र भरपर्दो किचन सम्बन्धि सामानहरुको लागी मेरो किचन
पेप्सीकोला ३५ काठमाडौ
सम्पर्क ०१-४९९०५३७ – ९८४१७३५७८७

mero kitchen

प्रस्तुती-ईन्द्र जिजीबिषा 

Leave a Reply

Your email address will not be published. Required fields are marked *