कविता “म प्रतिनिधि पात्र” : सुमित्रा थुलुङ अश्रुधारा

shumitraकविता

म प्रतिनिधि पात्र

एक दशक अघि म शहर छिर्दा
मेरो भाइलाई भन्दै बाटो लागेको थिए
म फर्किएर आउदा सधै मैले शितल ताप्ने
बुडो वर उसै गरि मुस्कुराउदै होस
छेउछाउमा अरु जवानी उत्तीस र सल्ला
एक अर्का आत्मियताले सुमसुम्याउदै ।
नाचिरहोस हरिण मृगहरु
सुसेल्दै बनको छहारिहरुमा
कालिजको गुड लगाउने कटुसको बोट
कैलेपनी नकाट्नु
नटिप्नु जंगली फूल
म राजधानी बाट पर्यटक लिएर
सगरमाथाको सुन्दरता देखाउन
बेस क्यामहरुमा उक्लिएर
चौरिसित लुकामारी खेल्ने शेर्पाको भेषैमा
फर्कीआउने छु छुर्पी बोकेर।

तर
म फर्किदै फर्किन शहरबाट
बरु अरु दशक बित्यो
यो बिचमा मैले धेरै पटक
मगाइसके जवानी उतिस र सल्लाको
हत्या गरि केही नगदहरु
शहर मोहले गर्दा
म एक प्रतिनिधि पात्र हु अरु जस्तै
म जस्तै म हरु कति होला
बनबिनाशको कारकहरु।

यहि शहरको एक कुनामा
विश्व वातावरण दिवसमा
एक बोट गमलामा फुल रोपेर
ट्वार ट्वार थोत्रो गाडीमा कुदिरहेछ
फाल्दै गाडिबाट धुवा
फैलाएर वायु प्रदुषण ।
सुरक्षाको साइरन बजाएर
ध्वानी प्रदुषण गर्दै
वातावरण मन्त्री
उसैले दिरहेको छ चर्को -चर्को स्वारमा
विश्व वातावरण दिवसको
खोक्रो शुभकामनाहरु
उ एउटा अर्को प्रतिनिधि पात्र।

म जस्तो म हरु बाट सुरु हुनुपर्छ
बोटबिरुवा बचाउ अभियान
हरेक स्कुलको प्रयोग सालामा सिकाइनु पर्छ
जल ध्वनि प्रदुषणको कारणहरु
वन्यजन्तु आरक्षण वन निकुञ्जको महत्त्व
धुवा धुलोले वायुमण्डलमा खराव न्यूनीकरण
किनकी स्कुल अर्को महत्त्वपूर्ण प्रतिनिधि पात्र

वातावरण मन्त्रीले
आफ्नै हातबाट सुरु गर्नु पर्नेछ
ट्वार – ट्वार थोत्रो गाडीहरुले गरेको ध्वानी प्रदुषण
शहरीकरणले निम्त्याएको बायु प्रदुषण
राजधानीको ढल र बागमती विष्णुमती दुर्गन्ध
शिक्षा मन्त्रीले पाठ्यक्रममा सिमित नभएर
प्रयोगशाला सम्म पुराउनु पर्छ वातावरण
जोगाउ भन्ने एउटा अभियान ।

स्कुल देखि कलेज हुँदै घर सम्म
म उनी उ हुँदै उनिहरु सम्म
यसरी नि हस्तातान्तरण गर्ने हो
हाम्रो पुस्ताले पछिल्लो पुस्तालाई
अनि हुनेछ पक्कै
स्वाच्छ बाताबरणको न्यूनीकरण
शिक्षा र संस्कार हाम्रो अभियान सहित

सुमित्रा थुलुङ अश्रुधारा

One thought on “कविता “म प्रतिनिधि पात्र” : सुमित्रा थुलुङ अश्रुधारा

Leave a Reply

Your email address will not be published. Required fields are marked *