संवैधानिक परिषद बैठकमा प्रधान न्यायाधीश चयन गर्ने प्रयास असफल

काठमाडौं ५ असार-संवैधानिक परिषद बैठकमा प्रधान न्यायाधीश चयन गर्ने प्रयास असफल भएको छ । सोमबार बसेको परिषद बैठकमा सर्वोच्चका बरिष्ठ न्यायाधीश गोपाल पराजुलीलाई प्रधान न्यायाधीश बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव गरेको भएपनि एमाले अध्यक्षले जन्ममिति सच्याएर नागरिकता बनाएको एवं शैक्षिक प्रमाणपत्रको आधिकारिकतामा प्रश्न उठाउँदै अध्ययनका लागि थप समय आवश्यक पर्ने बताएपछि कुनै निर्णय हुन सकेन।

प्रधान न्यायाधीशबाट सुशीला कार्कीले अवकास पाएपछि बरिष्ठताका आधारमा पराजुली प्रधान न्यायाधीश बन्ने क्रममा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *