चुनाबी र्‍यालीमा विद्युतीय विष्फोट

नवलपरासी १२ असार – सत्ताधारी दल नेकपा माओवादी केन्द्र जिल्ला कार्यसमिति नवलपरासीले निर्वाचनका क्रममा आयोजना गरेको र्‍यालीलाई केन्द्र बनाएर सोमनाथ पुलमा भएको विष्फोटको भत्सर्ना र बिरोध गरेको छ ।

नवलपरासीका इन्चार्ज घनश्याम यादवले सोमबार विज्ञप्ति जारी गर्दै सरकार र निर्वाचन आयोगको चरम लापरवाही भएको भन्दै उक्त घटनामा घाइते भएकाहरुको निशुल्क स्वास्थ्य उपचार गर्न सरकारसँग माग गरेका छन् । उक्त घटनामा परि २० जना आफ्ना कार्यकर्ता घाइते भएको यादवले जनाएका छन ।

उक्त विष्फोट आइतबार नवलपरासीको सुनवल नगरपालिकामा रहेको सोमनाथ पुलमा विद्युतीय विष्फोट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *