खोटाङ्गको ताजा मतपरिणाम, रुपाकोट मझुवा गढि नगरपालिकामा माओवादी केन्द्र अगाडी

खोटाङ्ग १६ असार-रुपाकोट मझुवागढी नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । सुक्रबार बिहान ७ बजेको मत परिणाम अनुसार माओवादीकी दुर्गा जयन्ती राईले १९६२ र उपमेयर होमकाजी आचार्यले २१९८, नेपाली कांग्रेसले मेयरमा १८६० र उपमेयरले १७०६ अनि एमालेको मेयरले १७६० र उपमेयरले १६६४ मत प्राप्त गरेका छन् ।

शुक्रबार बिहानसम्म वडा नम्बर १ दिक्तेल, वडा नम्बर ६ नेर्पा, वडा नम्बर ११ खार्मी, वडा नम्बर १२ जालपाको मतपरिणाम सार्वजनिक भईसकेको छ । जसमा दिक्तेल र खार्मीमा कांग्रेस र नेर्पा र जालपामा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडा नम्बर २ दिक्तेल, वडा नम्बर ७ चिउँरीडाँडाको भने मतगणना भईरहेको छ ।

यसैगरी खोटाङ्गको जन्तेढुंगा गाँउपालिका वडा नं ४, डम्बर्खुशिवालयमा नेकपा(एमाले) का वडाध्यक्षका उम्मेद्वार विदूरमान राई सहित प्यानल नै विजयी भएका छन् ।

ऐसेलुखर्क गाउँ पालिका निर्वाचनमा कुल 5923 मत मध्ये 3616 मत गणना हुदा नेकाको अध्यक्षलाई  १२८७ र उपाध्यक्षलाई १०२२ एमाले  अध्यक्षलाई ११७४  १२०२ र माकेले  ९६५ उपाध्यक्षलाई १०५१ पाएको छ ।

७ वटा वार्ड मध्ये ५  वटाको मत परिणाम आइसकेको छ । वार्ड १ र 4 मा नेकपा माकेको पुरै प्यानल तथा वार्ड ५  र 6 मा नेकपा एमाले को पुरै प्यानल बिजयी भएको छ  । वार्ड ७  मा एमालेले ४ सदस्य सहित वडा अध्यक्ष जितेको छ । वार्ड  २  र ३ को भने  मत परिणाम आईसकेको छैन ।

जन्तेढुंगा गाँउपालिका वडा नं ६, दिप्लुंगमा भने  एमालेका सुकदेव राईको पुरै टिम  विजयी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *