श्रमिकहरुको एकता र चेतनाको विकास गर्नु नै संस्थाको मुख्य उदेश्य हो : रबिलाल अधिकारी अध्यक्ष: नेपाल श्रमिक एकता समाज मलेशिया

नेपाली श्रमिकहरुको एकता र भै परि आउने विभिन्न समस्याहरुको समाधान खोज्दै श्रमिकहरुलाइ केही चेतना बाड्ने उदेश्यका साथ सन् २०१२ मा स्थापना भइ नेपाली श्रमिकहरुको विभिन्न समस्याहरुमा साथ र सहयोग गर्दै आइरहेको संस्था हो नेपाल श्रमिक एकता समाज मलेसिया ।
संस्थाको पछिल्लो गतिबिधी र आगामी योजना तथा कार्यक्रमहरु बारे संस्थाको अध्यक्ष रबिलाल अधिकारी संग किशोर पुमा राईले गरेको कुराकानी ।

मुख्य रुपमा श्रमिकहरुको समस्या के छ?
सम्झौता अनुसार सेवा सुबिधा तलब नपाउनु ।
श्रमिकहरु ठगिनुमा दोष कस्को?
मुख्यत आफ्नै हो सबै कुरा बुझेर बिदेस लाग्दा राम्रो । त्यसमा एजेन्ट दलाल भएको भन्दा, हुने भन्दा बढिको आश्वासन देखाएर बिदेस पठाउने म्यानपावर कम्पनी पनि दोषि भित्र पर्छन् ।
श्रमिकहरुको कस्तो कस्तो किसिमको समस्यामा संस्थाले सहयोग गर्न सक्छ?
कानुनी लडाइ लड्न सकिन्दैन त्यो अधिकार हामिलाइ छैन तर समस्याको प्रकृति हेरेर सम्बन्धित निकायहरुलाइ जानकारी गराउने सहकार्य गर्ने गराउने गर्न सकिन्छ । सामान्य समस्याहरुको समाधान खोज्ने कोसिस सहयोग गरिन्छ।
श्रमिकहरु एकीकृत छन् ?
छैनन् ।
श्रमिकहरु एकता नहुनुको कारण के हो?
संस्थाको बारेमा चेतनाको कमि कतिपय जानकारी नभएर जानकारी दिन नसकेर पनि हुन सक्छ ।
श्रमिकहरुको एकताको शुत्रहरु के के हुन् ?
विभिन्न दिवसहरुको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना । विभिन्न प्रतियोगिताहरुको आयोजना गर्न सकिन्छ ।
संस्थाको आगामी योजना कार्यक्रमहरु के-कस्ता छन् ?
भविस्यमा केही युवाहरुले स्वदेसमै रोजगार पाउन मुख्यतः स्वदेसमै केही गर्नुपर्छ भन्ने उदेश्यले भर्खरै भक्तपुर नेपालमा कृषि फार्म हाउस खोलिएको छ भविस्यमा यसलाइ फाउन्डेसनको रुपमा विकास गर्ने लक्ष्य लिएर काम अघि बढेको छ । मलेसियामा कार्यरत नेपाली श्रमिकहरुको एकता विभिन्न चेतनामूलक कार्यक्रमहरुको आयोजना गर्दै विभिन्न खाले हुने घटनाहरुको न्यूनीकरण गर्दै जाने उदेश्यले भर्खरै पि एन सि सि मलेसिया संगको सहकार्यमा मलेसियाको विभिन्न क्षेत्रहरुमा श्रमिकहरुलाइ तालिम दिने काम पनि भैरहेको छ ।आगामी दिनहरुमा।पनि यस्तै कार्यक्रमहरुलाइ निरन्तरता दिने सोचाइ छ।
अन्त्यमा, के भन्न चाहानुहुन्छ?
संस्थाको बारेमा केही जानजारी गराउने अवसर दिनुभएकोमा धन्यवाद ।सम्पुर्ण नेपाली श्रमिकहरुलाइ के भन्न चाहान्छु भने सचेत रहेर आफ्नो कर्तब्य निर्वाह गर्नुहोस् संस्थामा गोलबन्द हुनु आउनुहोस् सबै मिले मात्र सबै खाले समस्याहरुको समाधान गर्न सहज हुन्छ ।

One thought on “श्रमिकहरुको एकता र चेतनाको विकास गर्नु नै संस्थाको मुख्य उदेश्य हो : रबिलाल अधिकारी अध्यक्ष: नेपाल श्रमिक एकता समाज मलेशिया

  1. प्रश्न गर्नु हुने पत्रकार साथी र प्रश्नको उत्तर दिने मित्रको खै के मिलेन जस्तो लाग्यो ?

    प्रवासी श्रमिकहरुको नेतृत्व गरि रहेको कुरा गर्न भएको छ ? फेरी भन्नु हुन्छ उनीहरुको समस्या समशन र कानुनी सहायताको लागि केहि गर्न सकिदैन / यानिकी लिगल (अधिकार सम्मत ) स्थानीय निकायमा लागि पहल गर्ने कुराहरु आउछन / अब त्यो गर्न नसके पछि कसरी यावत समस्याहरुको समाधान र किनारा लगाउदै त्यस्तहरु जस्ले नेपाली श्रमिक हरुलाई ठगि रहेका छन् / दुख्ख दिइरहेका छन , पिडा दिइरहेका छन् / सताइरहेका छन् /

    अर्को कुरा पीएनसिसि श्रमिक संगठन हो कि होइन भन्ने कुरा बुजेर जवाफ दिनु भएको भए हामी जस्ता हज्जारौ श्रमिकहरु लाई राम्रो हुने थियो /
    पीएनसिसि श्रमिक संगठन होइन / पिएनसिसि सामाजिक सस्था (एनजीओं) हो / यसले मानवीयता जो जोखिममा छन् , उहाहरुको उद्दारको लागि सहयोग र सहायता (रेस्क्यु ) को काम गर्छ /
    श्रमिकहरुको सवालमा वकालत गर्ने ,आवाज उठाउने र बहस गर्ने साथै सरकार संग लविङ्ग गर्ने काम चाही राष्ट्रिय ट्रेड युनियनहरुले गर्छन /
    धन्यवाद /

    बेद्कुमार खतिवडा
    मलेशिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *