ज्योति र बाबा डिस्टिलरी मालिकको गिरफतारी माग गर्दै पिडित किसानहरु जिप्रका घेराउ

अभिमनु कुमार पटेल
रौतहट २४ श्रावण- ज्योति र बाबा डिस्टिलरी बिर्ता गरुडाको दुषित पानीको बहाबले हजारौँ विगहामा लगाएको बाली पूर्ण नष्ट भएकोले यस्तो अपराधी काम गर्ने उधोग मालिकको गिरफतारी सहित क्षतिपूर्तीको माग समेत गर्दै आज पिडित किसानहरुले जिल्ला प्रशासन कार्यालय गौर रौतहट घेराउ गरी धरनामा बसेका छन ।

पटक पटक बर्षाको वेलामा डिस्टिलरीले बर्षभरीको बिषादी सहितको रसायन दुषित पानी भण्डारण गरेका बागमती र झाझ खोलाको मुहानमा पानी छाडी गरिब किसानहरुको धानबाली,तरकारी, माछा जस्ता अन्य बाली समेतलाई व्यापक नोक्सानी पुर्याएकोले पिडित किसान आज दोस्रो दिन पूर्ण रुपले हजारौ हजारको संख्यामा नारा जुलुश सहित धर्ना बसेका छन ।

गतबर्षमा पनि ज्योति र बाबा डिस्टिलरीको दुषित रसायन पानीले यसै महिनामा ११ करोड मुल्य बराबरको धानबाली नष्ट भएका जिल्ला प्रशासन कार्यालयका ठहर गरेका छन ।

यो अपराधी क्रियाकलाप गर्ने ज्योति र बाबा डिस्टिलरी उधोगको मालिक लाई गिरफतार गरी दण्ड, सजाय सहित पिडित किसानलाई क्षतिपूर्ती नदिए सम्म आन्दोलन जारी रहने आन्दोलनमा सहभागी संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य योगेन्द्र यादवले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *