एलमिओरे जन्मन : उदय रानोहोँछा

एलमिओरे जन्मन

ओ एल मिओरे
जन्मिएनन् यहाँ एल कान्तारे
जन्मिदैछन् एनली, लुसिफरहरू
ढसरो चपाईरहेका छन्
सोसित छन् मेरा रक्तद्रवहरू
तिम्रो पुनर्जन्मको अपेक्षामा
म बर्षौँ कुरिरहेको छु
अनि
बिस्तारै-बिस्तारै गल्दै गईरहेको छु
क्षयन्मुख भईरहेको छु
अब त
जन्म न जन्म
सूर्याश्मि बोकेर जन्म
यहाँ
नाभिकीय विखण्डन
नाराहरूमा प्रेतहरू
कयौँ आत्माहरू डसिरहेका छन्
देऊ कान्ति खग्रास ति आत्माहरूलाई
देऊ मुक्ति भुङ्ग्रालो भित्र
छट्पट् छटपट्ट छट्पटाईरहेका आत्माहरूलाई
ति अनादिचेतका गर्भमा फूलेका
तारकीय चेतका कुङ्कुमहरू
ति सुन्दर सृष्टियाँ सुन्दर किरणहरू
अब विपर्यास्त भईसकेका छन्
लुसिफर सन्तान सामन्तहरू
मेरा रूद्रघाँटीहरू
ङ्याक्क- ङ्याक्क हर्दम पारिरहेका छन
अब त
पवि स्तरण तिम्रा नव पाईतालाहरू
हेर्न लालायित छु म
एउटा अभिकाङ्क्षा विवक्षा कोरलि
मुर्छिदै छु
नृशंस चंगलुहरूका गिर्दाहरूमा
त्यसैले पादार्पण गर यस घडी, यसै समय
छरिदेऊ अमर अस्तित्व
फिजाईदेऊ मोक्षका किरणहरू
सुनाऊँ तिम्रा ससिम असिम
आत्माहरूको यात्रा परिधिहरू
बदल्न चाहान्छु म मेरा
जीवनोपद्दति र सभ्याताहरू
बनाईदेऊ प्रेम, ज्ञान, सुन्दरताको पतवारहरू
जहाँ आत्माहरू साबुत बगोस्
मारक ति आत्माहरूमा
अपरिवर्तनीय संहिताको सृष्टि गरिदेऊ
एउटा यस्तो ब्रम्हाण्डको सृष्टि गरिदेऊ
जहाँ सत्य र प्रेमले सृष्टि फूलोस्

                       उदय रानोहोँछा
~~~~~~~~~~~खोटाङ~~~~~~~~~~

गायिका मेलिना राईको स्वरमा,उदय रानोहोँछाको शब्द रचना रहेको गीतको म्युजिक भिडियो

One thought on “एलमिओरे जन्मन : उदय रानोहोँछा

Leave a Reply

Your email address will not be published. Required fields are marked *