आमाको खोजीको लागि छोराहरुद्धारा सहयोगको याचना

काठमाडौं, १ भदौ । एघार दिनदेखि हराएकी तनहु व्यास ८ की जमुना ओझाको खोजीमा सहयोग गरि दिन उनका छोराहरुले आग्रह गरेका छन् ।

जमुनाका छोराहरु सुजन ओझा, सुदिप ओझा र देवर रमेश ओझाले आज रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरि आमाको खोजीका लागि आग्रह गरेका हुन ।

साउन २४ गते दमौलीबाट हराएकी जमुनाको मोवाईलको टावर काठमाडौं आसपासमा देखाएको जमुनाका देवर रमेश ओझाले बताए । अहिले भने जमुनाको मोवाइल अफ रहेको छ । उनी कहीँकतै भेटिएमा नजिकको प्रहरी चौकी अथवा ९८५५०८२५५० मा टेलिफोन गर्न उनको परिवारले आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *