मानव शरीरको लागी पानीको महत्व

चिसाङ्ग शेर्पा-असोज ६ खोटाङ्ग, एक जिवित मानब शरीरभित्र ६० प्रतिशत तरल तथा झोलिलो पदार्थ हुन्छ । रगत,लिम्प (सेतो पदार्थ) र साना कोषिका,हड्डी,मासु,नशा,नङ्ग,कपालमा ६० प्रतिशत पानी हुने डाक्टरको भनाई छ । human body

पानी मानव शरीरका छाला,पसिना,सास फेर्दा, दिशा,पिसाब गर्दा,ज्वरो आउँदा र खाना नखाए तापक्रम बढ्ने र शरीरलाई हुनुपर्ने आवस्यक पानि बाहिर जाने भएकाले शरीरवाट निश्किएर जाने पानी परीपुर्ती गर्न तथा सुख्खा अंगप्रत्याङ्गमा पानीको पहुँच पु¥याउनलाई जुनसुकै बिरामीले पानी शुद्द पारेर पिउनुपर्ने जिल्ला अस्पताल खोटाङ्गका स्वास्थ्य प्रमुख राम बहादुर केसीले बताए ।

झाडापखाला आँउ,रगतमासी,ज्वरोबाट ग्रसित,खानामा अरुचि हुने र जिर्ण पुरानो रोगीहरुले दिनमा ३ देखी ५ लिटर शुद्द पानी पिउनुपर्ने अनिवार्य रहेको चिकित्सकहरुको भनाई छ ।

पिउनयोग्य तथा किटाणु,बिषाधी र अर्गानिक फलाम,आर्सेनिक तत्व नभएको पानी पिउनाले शरीरभित्र भएको बिषादीलाई मृगौलामा फिल्टर भई पिसाबको माध्यमवाट बाहिर जाने स्वास्थ्य प्रमुख केसीले बताए । स्वस्थ्य मानिसले पनि दिनमा ३ लिटरभन्दा माथी पानी पिउनुपर्ने तथा पानी नपिएमा मृगौलानै बिग्रिने, मृत्युसम्मकोे सम्भावना रहने डाक्टररुको भनाई छ ।

पानी पिउन नसक्ने सिकीस्त बिरामी र बालवालिका भए स्वास्थ्य संस्थामा लानुपर्ने र स्वास्थ्यकर्मीले जिवनजल,नवजिवन र जिङ्क चक्की खुवाउने डाक्टरको सुझाव हुने गरेको छ ।

जिल्लामा दुई उप– स्वास्थ्य चौकी,७१– स्वास्थ्य चौकी,दुई प्राथमिक स्वास्थ्य केन्द्र,एक जिल्ला अस्पताल,एक/एक सामुदायिक अस्पताल,सामुदायिक स्वास्थ्य ईकाइ र एक शहरी स्वास्थ्य केन्द्र रहेको खोटाङ्गमा अझैपनि धेरैले शुद्द पानी नपिउने गरेको पाईएको छ । उमालेको पानी पिउने,बोतलमा पानी लगाई घाममा तताउने सोडिस विधी,पियुस लगाउने, र फिल्टर बिधी अपानएर शुद्द पानी पिए लामो जिवन बिताउन सकिने र जिवन बिताउन सरल हुने स्वास्थ्यर्मीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *