कोशी उच्च बाँध कुनै पनि हालतमा बनाउन दिनेछैनौं – यसुराज राई

किरात खम्बुवान लोकतान्त्रिक पार्टीले कोशी बाधको धेरै अगाडि देखी बिरोध गर्दै अाएको हो । यो भन्दा अगाडि नै,कोशी बाधले १५ सय घरधुरी विस्थापित र दशहजार बिघा खेतीयोग्य जमिन कटान गरेर भारतले बाध बनाएको छ । यधपी अाजसम्म पनि त्यहाँका पिडीत जनताहरुले क्षतिपूर्ति पाएका छैनन् ।

गिरिजा प्रसाद कोईराला, सुर्य बहादुर थापा जो मरेर गईसके, तिनै हनुमानहरुले भारत संग कोशी बाधको सम्झौता गरेका हुन् । १५ सय घरधुरी बर्षौ देखि छट्पटी रहेका छन् । अाफ्नो खेतीयोग्य जमिनमा भारतले कोशी कुदाईरहेको छ । तर अाजसम्म पनि पिडितहरुलाई उचित क्षतिपूर्ति दिएको छैन । फेरी उच्च बाँघको सम्झौता शेर बहादुरले गर्ने ? यो सप्तकोसी कसैको बाउको बिर्ता हैन, उच्च बाध कुनैपनि हालतमा हामी बनाउन दिनेछैनौ किरात खम्बुवान लोकतान्त्रिक पार्टी र सप्तकोसी सरोकार मंचले उच्च हाई ड्याम्मको बिरोधमा संयुक्त अान्दोलन घोषणा गर्दैछौ ।

सुनसरी जिल्लाको बराह क्षेत्रदेखि डेढ किलोमिटर उत्तरतर्फको सप्तकोशी नदीको साँघुरो घाँटीमा २ सय ६९ मिटर अग्लो र १ किलोमिटर लामो बाँध बनाउने भारतको योजना छ । भारतले आफ्नो भूभाग डुबानमा नपरोस् भन्ने उदेश्यले मात्र अग्लो ब्यारेज बनाउन खोजेको हैैन । सप्तकोसीलाई २ सय ७० मिटर अग्लो बाध बनाएपछी सुरूङ मार्गबाट कोशी ड्राईभसन गरेर कमला नदिमा पानि झार्ने योजना रहेको छ । कमला नदि बर्दिवास हुदै पश्चिमी बिहार लगायतका भारतीय सुख्खा प्रान्तहरुमा पानी बग्छ । पश्चिम बिहारका सुख्खा खडेरी जमिन लगायत पचासहजार हेक्टर भुभागहरुमा सिचाई गर्ने यो भारतको ठूलो गुरुयोजना हो ।

हाल ,भन्टाबारी (भीमनगर) स्थित अहिलेको ब्यारेजको गहिराई ३० मिटरको हाराहारीमा छ । ३० मिटर अग्लो ब्यारेज बनाउँदा त कोशीले बितण्डा मच्छाउँदै आएको छ भने भारतसँगको सम्झौता अनुसार कोशी उच्च बाँध बनेमा नेपालको लगभग २ सय वर्गकिमी भूभाग जलाशयमा परिणत हुन्छ । भारतले प्रस्ताव गरेको बाँधले धनकुटा, भोजपुर, सुनसरी, उदयपुर, संखुवासभा र तेह्रथुम जिल्लासम्मका तटीय भूभाग डुबानमा परिणत हुन्छ । २५ हजार घरधुरी डुबानमा पर्नुका साथै ९५ हजार नेपाली विस्थापित हुनसक्ने अनुमान छ ।यधपी किरात खम्बुवान लोकतान्त्रिक पार्टी घोर विरोध गर्दछ साथै हामि कुनैपनि हालमा यो बाध बनाउन दिनेछैनौ ।

यो राष्ट्रघाती सम्झौता तुरुन्तै खारेज हुनुपर्छ यो खारेज नगरिए हामी सशक्त ढङ्गले अान्दोलनमा उत्रिन बाध्य हुनेछौ ।

यसुराज राई ( वरिष्ठ उपाध्यक्ष तथा विदेश विभाग प्रमुख – किरात खम्बुवान लोकतान्त्रिक पार्टी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *