प्रथम रामग्राम मेयर कप फुटबल प्रतियोगिता शुरु

नवलपरासी, २१ असोज । नवलपरासीमा प्रथम रामग्राम मेयर कप फुटबल प्रतियोगिता २०७४ शुरु भएको छ । साझा युवा क्लबद्धारा आयोजित प्रतियोगिता परासी स्थित साझा युवा क्लबको खेलमैदानमा प्रागणमा शुरु भएको हो ।

खेलको उद्धघाटन रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै गुप्ताले खेलाडीलाई राज्यले थप व्यवस्थापन गर्नुपर्ने सुझाब दिनुभयो ।

फुटबल फुटबल प्रतियोगीतामा जिल्लाको विभिन्न क्षेत्रबाट ४० वटा फुटबल टिम सहभागी छन् । प्रतियोगितामा बिजेता हुने प्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ र दोस्रो हुने टिमले ३३ हजार ३ सय ३३ सहित कप र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *