नेपाल डिभिजन २ मा घटुवा

काठमाडौ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल डिभिजन टुमा घटुवा भएको छ । हङकङबिरुद्धको खेल बर्षाका कारण रोकिएपछि नेपाल आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शिर्ष चार स्थानमा पुग्न सकेन । पहिलो खेलमा हङकङसँग ८३ रनले पराजित भएको नेपाललाई दोस्रो खेल जित्ने पर्ने दवाव थियो । तर बर्षाका कारण खेल हुन सकेन र एम्पायरले नेपाल र हङकङलाई सामान १, १ अंक बाँडिदिएका छन् ।

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्स १८ अंकसहित शीर्ष स्थानमा छ भने १६ अंक जोडेको पपुवा न्युनिगी दोस्रो स्थानमा छ । त्यसैगरी १५ अंकसहित स्कटल्याण्ड तेस्रो, १४ अंक पुर्‍याएको हङकङ चौथो अंकमा छ । केन्या, नेपाल, नामिविया र युएई डिभिजन टुमा पर्ने निश्चित भइसकेको छ ।

नेपाल डिभिजन टूमा घटुवा भएपनि सन् २०१९ मा इंग्ल्याण्डमा हुने एक दिवसीय विश्वकप छनोट भने खेल्न पाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *