अदृश्य राईको “किन दुख्छ मुटु” सार्वजनिक (भिडियोसहित)

काठमाडौँ – “किन दुख्छ मुटु” बोलको गीत सार्वजानिक भएको छ । गायिका अदृश्य राईको शब्द रचना रहेको उक्त गीतको म्युजिक भिडियो सहित सार्वजनिक भएको हो । सानैदेखि गीत सङ्गीतमा रुचि राख्ने राई हाल इटालीमा रहेकी छन् । राईले शब्द रचना गरेकी राईले उक्त गीतको म्युजिक भिडियो पनि उनैले निर्माण गरेकी हुन् भने यो गीतको एरेन्ज सुदिप सागरले गरेका हुन् ।

प्रतिभाशाली युवा,चर्चित नेपालका डान्स आफ किङ्गको नामबाट परिचित मनिष श्रेष्ठले गीतमा स्वर दिएका छन् । भने संगीत पनि उनैले गरेका हुन ।
उनले पाँच फिट अग्लो मेचमाथि एक खुट्टाले टेकेर अर्को खुट्टा काँधमा राखेर चर्चा बटुलिसकेका छन् भने काँधमा खुट्टा राखेर पाँच सय मिटर दुरी मोटर साइकल कुदाएर आफ्नो विश्व रेकर्ड राख्ने तयारीमा छन् ।

बच्चा देखिको दुई केटा र केटीको त्रिकोणात्मक प्रेमलाई उतारियो म्युजिक भिडियोको निर्देशन श्रेष्ठले नै गरेका हुन् । उनले अहिलेसम्म चार सय बढी म्युजिक भिडियोमा काम गरिसकेका छन् ।

यस्तै भिडियोमा मिस राजधानी समेत भईसकेकी मोडल छिरिङ डोल्पा शेर्पा, रोहन तामाङ, उनिषा तामाङ, किशोर निरौलाको फिचरिङ रहेको छ भने विक्रम कार्कीले छायाङ्कन तथा मिलन विकले सम्पादन गरेका छन् ।

गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *