जानु काम्बाङ्गको शब्द रचनामा “तिम्रो बयान” सार्वजानिक

0
283

काठमाडौ – गीतकार जानु काम्बाङ्ग लिङ्गदेनको शब्द रचनामा “तिम्रो बयान” बोलको गीत सार्वजानिक भएको छ । डायस्पोरामा रहेर विगत लामो समयदेखि नेपाली साहित्य क्षेत्रमा सक्रिय रुपमा कलम चलाईरहेकी गीतकार काम्बाङ्गको यो भन्दा अगाडि पनि दर्जनौ गीतहरु बजारमा आईसकेका छन् ।

काम्बाङ्गको शब्द रचनामा गायक तथा संगीतकार सुनिल राईले संगीत गरेका हुन् भने,गायक सन्तोष लिम्बुको स्वर रहेको छ । सुनिल राई आफैमा प्रतिभाशाली कलाकार हुन् । उनको यो भन्दा अगाडि युनिक नामक गीति एल्बम बजारमा आईसकेको छ । सबिन लिम्बुले एरेन्ज गरेको यो गीतमा आफ्नो मन परेको मान्छेको अगाडि उसैको बयान गर्न नसकिने कुरालाई गीतको माध्यमबाट व्याक्त गरिएको छ ।

यो गीत यहाँ सुन्न सक्नुहुन्छ

LEAVE A REPLY