मैले ननिदाएको रात (कविता)

1
466

मैले ननिदाएको रात 

निष्ठुरी फुलेन्दे!
त्यो पल,त्यो क्षण सम्झदा,
ईतिहासझै लाग्छ मलाई…….

तर अनायसै उहि पल,उहि क्षण……
याद बनी बगी आईदिन्छ
मुटु थिच्न रुचाउछ,कलेजो निमोट्न भ्याउछ,
अन्तत म सहिदिन्छु…….
मौन बनेर….
वस,सहिरहन्छु।

त्यो फाल्गुने घमाइलो मौषम
नाङ्गो आकाश मुनि यो बेसरम धर्तीले
रंगीबिरंगी रंगहरुले नुहाईरहेको दिन…..
चारै तिर कोलाहल
ह्याप्पी होली…….
ह्याप्पी होली…….

फुलेन्दे !
यो जाती,प्रकृति भन्दा माथी नउठी
रिती,चक्रलाई स्वीकार्दै……..
होलीमय त्यो रंगीन दुनीया जस्तै,
म पनि मेरो रजस्वला प्रकृयामा
आफ्नै रगतले रगताम्ये होलीमय थिए
मलाई रजस्वला भएको थियो।

सायद,
तिम्रो त्यो बलियो नियत थियो
या कड्कुस घातक संयोग
थाहा छैन मलाई,
तिमीनै जान..वस,फुलेन्दे तिमीनै जान।

त्यो गल्ली,घुम्ती,चौक,दोकान हुदै
पल्लो गाऊ तिर लम्किरहेको रंगीन हुलबाट छुट्टिएर,
जो तिमी कुख्याजा रुपमा
रंग खेल्ने नियतको बग्गी चढी,
मुठ्ठी भरी रंगहरु बोकेर
मेरो घरको बलेसी नाघेर आयौ
जहाँ,
हामी मात्र थियौ,एक्लो घर र एक्लो म
घना जंगल भित्रको एक्ली हरिणझै।

नसाको विहोसीमा तिम्रो
मलाई रंग छेप्ने बराम्बारको कोशिष माथी
मेरो अस्वीकारको उत्तिकै ठुलो प्रयास
तर,
कसरी म तिमीलाई जित्न सक्नुर
एउटा निर्बल नौनी शरीर ले?
आखिर इच्छानुसार रंग दल्यौ,छेप्यौ
मलाई रंगायौ,मानौ मेरो शरीर
तिम्रै नाममा पास भएको निजी खेत थियो।

र,
र सोचेकि थिईन परिस्थिती बदल्छौ!
तर अफसोच उसै भयो
निस्ष्ठुरता,निर्दयीता आबेसियो,सल्कियो
डढेलियो धुवाले अन्धकार बन्यो
र मेरो शरीर सिनोझै लुछ्न थाल्यौ…
निरन्तर…….निरन्तर…..निरन्तर…..

वस मसंग,
तिम्रा शक्तीशाली हातहरुले
मेरो कोपीला बक्षहरु चिथोरेको डाम आलो छ।
मेरो दुधे ओठ माथी तिम्रा ओठले
पक्डिएको निल काँचो छ।

एउटा विशाल भिर म माथी खसिरहदा
आवाज बिहिन थिइन म,
शास बिहिन रहिन म,
दुष्प्रयास!
कति कति प्रतिकारका मेरा प्रयासहरु
सीसाझै टुक्रा टुक्रा बने आखिर हारे म।

त्यो तिम्रो विजयी राज्यमा कोहि थिएन
थियो त केवल तिम्रै पन्जा भित्र
मरेको एउटा ज्युदो लास थियो।
त्यो लास भित्र,
हारेको एउटा धड्कन थियो
हारेको एउटा सास थियो
हारेको एउटा नयन थियो।

तिमी विजयी बन्यौ।
दुनीयाका सारा रंगहरुले
नुहाउदा पनि तिम्रो चित्त बुझेन
र त खेल्यौ मेरो रजस्वलामा बगेका
रगताम्ये रगतको होली।

घन्टौसम्म बलाकृत आँसु पिइरहे,
तिमीले दिएको निल,डाम,चोटहरु छाम्दै
मुल फुटेर घाट खोज्दै मेरै योनीबाट बगीरहेका,
रगतका भलहरु नियालीरहे………
तिम्रो त्यो बिजय पल मेरो जीवनको ईतिहासमा,
कहिले नमेटिने कालो धर्सा बनेर बसेको छ।

त्यो पल देखि म फुटेको काँच भएकि छु,
टेकि गएको धाम भएकि छु,
बिना आकाशको धर्ती भएकि छु,
धर्ती बिनाको आकाश भएकि छु,
सतित्व बिहिन,अस्तित्व विहिन भएकि छु
तरै पनि आधा मरेको शरीरमा साँस भर्दै थिए
दुखेको घाउहरुमा मलम खोज्दै थिए
नचाहाँदा नचाहाँदै पनि जीवन सम्हाल्दै थिए।
मेरो भाग्य सिवाय तिमीसंग मेरो,
कुनै सवाल थिएन,गुनासो थिएन,स्यावासी थिएन।

तर अफसोच!
भोलि बिहान तिमी मेरै आगन टेकेर गयौ,
संखले गुन्जीएर गयौ,कफन ओडेर गयौ,
मलामीको हुल बगाएर लग्यौ………….

ए फुलेन्दे!
आखीर किन तिमीले दुई जीवनलाई मार्यौ?
विजयी भएर पनि किन आत्महत्या रोज्यौ
किन एक पछि अर्को गल्ती गर्यौ?
किन यति धेरै निर्दयी बन्यौ?निष्ठुरी बन्यौ?

अझै पनि मेरा हृदयमा तिमीले दिएको चोट डाम आलै छ।
प्रतिकारमा चिथोरिँदा
तिम्रा अनुहार,गला,पसिना
मेरा नङका कापहरुमा अझै सुगन्धीत छन्।

सायद,
तिमीले बिर्स्यौ होला,भुल्यौ होला
यदि सक्छौ भने बोल्छौ भने भनि देऊ….
वस,
मैले ननिदाएको रात,
त्यो पल पछिको ईतिहासमा……
कुन रात नहोला?

~~~~~~~~~~~~~~~ राजा माबो~~~~~~~~~~~~

1 COMMENT

  1. राजा माबो लुङा ज्यू कविता सुन्दर,यथार्थ र मर्मस्पर्शी लाग्यो।पढ्ने मौका दिनु भएकोमा धन्यवाद!🌹🌹🌹

LEAVE A REPLY