लेकसाइड रिसोर्टमा अलग अभियानको सांगीतिक धमाका सम्पन्न

0
647

ललितपुर २३ मंसिर – शनिबार ललितपुरको नागदहस्थित लेकसाइड रिसोर्टको माहोल साङ्गीतिक बन्यो । अलग आर्ट हब सातदोबाटोको आयोजनामा विभिन्न गायकगायिकाहरुले स्वरसम्राट नारायण गोपालको सम्मान र सम्झनामा उनीद्वारा स्वर तथा सङ्गीतबद्ध गीतहरु प्रस्तुत गरे ।

कार्यक्रममा सङ्गीत प्रशिक्षक मण्डल साम्पाङसहित चर्चित गायिकाद्वय आभा मुकारुङ, झुमा निरौला, हरि श्रेष्ठ, रोजी श्रेष्ठ, कर्ण तामाङ , बिनोद बान्तावा, सुनिता राई, अन्जना राई, शकुन लिम्बू, अब्राहम सम, मिङ्माश तामाङ, कविना नापित, पायल राई, प्रमिला तामाङ, जनक राज गिरी , प्रेम सुस्लिङ मगर, शान्ति मगर, सन्दिप लिम्बू , गोकर्ण अधिकारी, बिक्रम योन्जन, नवीन श्रेष्ठ लगायतले प्रस्तुति दिएका थिए।

वाद्यवादनामा भने हार्मोनियममा मन्डल साम्पाङ , तबलामा यम समाल, बाँसुरीमा पावल थुलुङ राई, गितारमा बिक्रम योन्जन र अब्राहम समले साथ दिएका थिए ।

LEAVE A REPLY