ओम रोदनको नयाँ गीत “तिम्रै काखमा” सार्वजानिक

काठमाडौ- पछिल्लो समय “तिमि बाहेक” भन्ने गीत बाट चर्चा कमाउन सफल भएका गायक ओम रोदनको नयाँ गीत “तिम्रै काखमा” सार्बजनिक भएको छ । सांगीतिक फाटमा आफु लाई गायनमा कुशल बनाउदै आएका गायक ओम सानै देखि गीत संगीतमा रुचि भएका एक प्रतिभाशाली गायक हुन् । प्रवासमा रहेर पनि आफुले नेपालि गीत संगीतमा सक्रीय भएर यहि क्रममा हाल सार्बजनिक भएको यिनको नयाँ गीत “तिम्रै काखमा” गायिका अन्जु पन्तले साथ् दिएकि छिन ।

यो गीतमा गीतकार एकनारायण भण्डारीको शब्द रहेको छ भने आशिष अविरललको संगीत रहेको छ । यो गीतको भिडीयो पनि बनेको छ भिडियो लाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् भने भिडियोलाई निशान घिमिरेले सम्पादनगरेका हुन् । उत्सव दाहालको छायांकन रहेको यस भिडियोमा रिमा बिश्वकर्मा अनि गायक स्वयंम ओमको आफ्नै अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *