सबै प्रकारको गीत लेख्ने खुबी भएकी सुमित्रा अश्रुधारा

सुमित्र अश्रुधारा

सरोज चेम्जोङ / पहाडी जिल्ला संखुवासभामा जन्मि हुर्किकी मकालुको काखमा सुखद बाल्यकाल गुजारेकी एक सशक्त नारी हुन सुमित्रा अश्रुधारा। हरेक बिहान बिउझिएर नतमस्तक मुस्कुराएका मकालु कंचनजंघालाई मधुर दृस्टी गर्दै स्कुले जीवन सकाएर उच्च शिक्षाको लागि धनकुटा झरेपछी तेश्रोआवाज नामक साहित्यिक मासिक पत्रीकामा आबद्ध भएर आफ्नो सिर्जनात्मक खुबिहरु पस्किन थालेकी उनी दुई किनारा गजल संग्रह मार्फत पुर्बान्चलमा उदाइन । धनकुटाको बसाई सिर्जनात्मक र उपलब्धि मुलक हुदाहुदै थप जिवनको बाटोहरु खोज्न अरु उच्च शिक्षा हासिल गर्न राजधानी छिरिन् । काठमाडौंको अस्तब्यास्तता र भिडभाडमा उनी अलमलिन् र केही समय गुमनाम रहिन् ।

भनिन्छ सिर्जना आफैमा सजिब छ र साधना अपरिहार्य त्यसो त बैसमा स्याल पनि घोर्ले हुन्छ र सोह्र सत्रमा सबै लेखक हुन्छन् तर आम मान्छेमा सबैमा सिर्जनाको मुल नहुन पनि सक्छ । गितकार सुमित्रामा पनि सिर्जनाको मुल थियो, नसा थियो, आदत थियो शब्द शीत खेल्ने त्यही भएर भिड बाट बिउझिएर उनी फेरि जागिन र संघर्ष सुरु गरिन । सुचारु गीतहरुमा कलम चलाउन सुरु गरिन् उनी भन्छिन् कविता गजल र अन्य सिर्जनामा भन्दा गीतमा कलम चलाउनु पो मिठो आभाष हुदोरहेछ , गीति लेखनको मोहमा भर्खर डुब्दै गरेकी नव गीतकार हुन् उनी।

सुमित्र अश्रुधाराको स्नेहा

बजारमा आइसकेको उनको बतासको स्पर्श मेलिना राई र निशान लिम्बुको शब्दले उनलाई गीतकारको परिचय दिएको बताउछिन । त्यो भन्दा पहिला पनि “मत फसे तारेभिरमा” “कस्तो भयो होला” जस्ता गीतहरुले आफुलाइ नचिनाएको उनी बताउछिन् । त्यसपछि लगातार “चोटैचोट” पनि मेलिना राईकै स्वरमा बजारमा आयो त्यसपछि उनिले अर्को फड्को मारिन् र स्टेज गीत लेखिन् । भाग्यमानी महशुस गर्दै उनी भन्छिन चर्चित संगीतकार अर्जुन पोख्रेल संग काम गर्ने मौका पाए त्यो मौकाको लागि पासाङ भाइलाइ पनि सम्झिन्छिन्न उनी । तिम्रो त्यो मुस्कान को सफलता संगै धेरै गीतहरुको माग आउन थालेको उनि बताउछिन् र आफुलाइ भाग्यमानी पनि महशुस गर्छिन जो सबैको आशीर्वाद माया आफ्नो पास भएको मा । सबै प्रकारको गीतहरु लेख्न सक्ने खुबी भएको उनी आगामी दिनहरुमा भिन्न – भिन्न स्वादको खुराकहरु सिर्जना गर्ने बाचा गर्दै तपाईहरुले पनि मौका दिनहुन आग्रह गर्छु भन्छिन् ।

सुमित्रा अश्रुधाराको केहि गीतहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *