सामाजिक संजालमा गायिका शिला राईको व्यक्तिगत चरित्र हत्या भएको ठहर गर्दै, किराती जन सास्कृतिक परिवारले प्रेस विज्ञप्ति निकाल्यो

सूचना खबर संवाददाता / काठमाडौ,२७ मंसिर- किराती जन सास्कृतिक परिवारले एक प्रेस विज्ञप्ति जारि गरेको छ । गायिका शिला राईले आफ्नो फेसबुक स्टाटसमा “राजेश पायल राईको रोनाल्डो पनि खेर जाने निश्चित देखियो, दुखि आत्मा” भन्ने स्टाटस लेखेपछि उत्पन्न विवादमा, फेसबुकमा गायिका शिला राईको चारित्रिक हत्या भएको ठहर गर्दै किराती जन सास्कृतिक परिवारले प्रेस विज्ञप्ति जारि गरेको हो ।

किराती जन सास्कृतिक परिवारको भनाई छ “त्यो एउटा राजनीतिक स्वतन्त्रताको व्याक्तिगत अभिव्यक्ति हो । राजनीतिक स्वतन्त्र अभिव्यक्तिमा कसैको व्याक्तिगत चरित्र हत्या गर्न पाईन्दैन ।”

गायिका शिला राई पहिचानको विरोधी नभई पहिचान पक्षधर नै रहेको र पहिचानको निम्ति अहोरात्र लागि परेको किराती जन सास्कृतिक परिवारको भनाई छ ।

गायिका शिला राईको स्टाटसलाई आधार बनाई कपो कल्पित चरित्र हत्या गर्ने उदेश्यले तुच्छ शब्द र भाषामा चरम ज्याद्दती गरेको हुनाले त्यस्ता तुच्छ शब्द प्रयोग गर्ने व्यक्तिहरुको कारण किरातीहरुको बौद्धिकता माथि प्रश्न चिन्ह खडा गरेको किराती जन सास्कृतिक परिवारको भनाई छ ।

किराती जन सास्कृतिक परिवारको महा-सचिव डक्टर किरात र अध्यक्ष राकेश किरातीको हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा गायिका शिला राईले दिएको व्याक्तिगत राजनीतिक अभिव्यक्तिमा विमती भए स्वतन्त्र ढंगले राजनीतिक तर्क र बहस गर्न सकिने तर राजनीतिक बिषयलाई लिएर त्यसरी नितान्त व्यक्तिगत चरित्र हत्या गर्न नपाईने उल्लेख गर्दै,सभ्य र शिष्ट भाषामा राजनीतिक बहस गर्न पनि आग्रह गरेको छ ।

किराती जन सास्कृतिक परिवारको प्रेस विज्ञप्ति यस्तो छ

3 thoughts on “सामाजिक संजालमा गायिका शिला राईको व्यक्तिगत चरित्र हत्या भएको ठहर गर्दै, किराती जन सास्कृतिक परिवारले प्रेस विज्ञप्ति निकाल्यो

  1. के भएर यीनको चरित्र हत्या भयो त सामाजिक सञ्जालमा? काम विगारिन कि क्या हो ? आइमाईको जात हुँदैन किलकिलेको भर हुँदैन भन्थे । सुझो न बुझो पहिचान विरुद्ध बोलिन रे भन्ने चाँहि सुने । कुरो के हो ।

  2. के भएर यीनको चरित्र हत्या भयो त सामाजिक सञ्जालमा? काम विगारिन कि क्या हो ? आइमाईको जात हुँदैन किलकिलेको भर हुँदैन भन्थे । सुझो न बुझो पहिचान विरुद्ध बोलिन रे भन्ने चाँहि सुने । कुरो के हो । हाम्रो अभियान झोलेहरु विरुद्ध निर्मम बन्ने । झोलेहरुले हाम्रो समुदायको राजनीतिक कमाण्ड लिइरहेसम्म उत्पीडित समुदायको आत्मसम्मान, समानता, समावेशिता, सत्ता, सहभागिता र पहिचानको लक्ष्य प्राप्त नहुने भो । झोलेहरुलाई नसकि हाम्रो सच्चा नेता नउठ्ने भो । त्यसैले पहिचान विरोधी कुलंघार सन्तानहरुलाई मर्ने गरी टाउको मै हानौं साथी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *