कांग्रेसले सत्ता लम्ब्याउन राष्ट्रियसभा निर्वाचन अध्यादेशमा खोंचे थापेको ओलीको आरोप

काठमाडौं, १ पुस – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचन अध्यादेशमा खोंचे थापेर कांग्रेसले सत्ता लम्ब्याउने प्रयास गरेको आरोप लगाएका छन् ।

बालकोटस्थित आफ्नै निवासमा सन्चारकर्मीहरुसँगको कुराकानीमा उनले कांग्रेसले लोकतान्त्रिक मूल्य, मान्यता र जनताको अभिमतलाई अवमूल्यन र अस्वीकार गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

निर्वाचनबाट अल्पमतमा परेपछि राष्ट्रियसभा आफू अनुकूल बनाउन सरकारले गैरसंवैधानिक अध्यादेश लगेको आरोप पनि लगाए । सरकार गठन गर्न राष्ट्रियसभा जरुरी नपर्ने ओलीले तर्क गरे ।

सरकारमा जान आफूहरुलाई कुनै हतारो नभएको दाबी गर्दै अध्यक्ष ओलीले जनमतले नै कांग्रेसलाई राजीनामा गराइसकेको टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *