सुगम स्टार सचिन राईको “तिमीलाई देखेपछि” को म्युजिक भिडियो सार्वजानिक

काठमाडौ – सुगम स्टार सचिन राईको “तिमीलाई देखेपछि” बोलको गीत सार्वजानिक भएको छ । युवा गायक सचिन राई खोटाङ्गमा जन्मिएर काठ्माडौलाई कर्मथलो बनाई संगीत क्षेत्रमा लागेका एक वजनदार स्वर भएका गायक हुन् ।

शान्त कुमार राईको शब्द रचनालाई अशोक लोहरुङ्गले संगीत भरेको यो गीतबाट नेपाली गीत-संगीतको क्षेत्रमा निक्कै आशा राख्न सकिने गीतको रुपमा लीइएको छ ।

यो गीतको म्युजिक भिडियो पनि सार्वजानिक भएको छ । रोजिना राई र हरिचन्द्र राईको अभिनय रहेको यो गीतको म्युजिक भिडियोमा हेरुका लामाको कोरियो ग्राफ, बीबी लिम्बुको सम्पादन,सुमी लिबाङ्ग लिम्बुको मेक अप रहेको छ ।

यो गीतको म्युजिक भिडियोलाई संजय निङ्लेकुले सह-निर्देशन र खगेन्द्र पान्धाक लिम्बुले छायांकन र निर्देशन गरेका छन् ।

यो गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोला

One thought on “सुगम स्टार सचिन राईको “तिमीलाई देखेपछि” को म्युजिक भिडियो सार्वजानिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *