मोहन वैद्य र नेत्र विक्रम चन्द “विप्लव” पनि पार्टि एकताको पहलमा

काठमाडौ ११ पुस- नेकपा माओवादी केन्द्रबाट अलग भएका मोहन वैद्य र नेत्र विक्रम चन्द “विप्लव” ले पार्टि एकता गर्ने भएका छन् । १० वर्षे जनयुद्ध र शान्ति प्रक्रियामार्फत राष्ट्रिय राजनीतिमा आएको माओवादी यसपटकबाट नेकपा एमालेमा विलय भएको निष्कर्ष निकाल्दै विगतमा माओवादीबाट नै विभाजन भएर गएका मोहन वैद्य (किरण )ले नेतृत्व गरेको नेपाल कम्युष्टि पार्टी (क्रान्तिकारी माओवादी) र नेत्र विक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले एकआपसमा एकताको पहल सुरु गरेका हुन् ।

दुई पार्टीका शीर्ष नेताहरुको उच्च स्तरीय बैठकले क्रान्तिकारी कम्युनिष्टहरु बीचको वैचारिक, राजनीतिक, संगठनात्मक एकीकरण तथा ध्रुवीकरण आवश्यक भएको निश्कर्षसहित पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेको हो ।दुई पार्टीका महासचिव किरण र विप्लवले जारी गरेको संयुक्त विज्ञप्तिमा राष्ट्रिय स्वाधिनता, जनतान्त्रिक अधिकार तथा पेशागत हकअधिकारको मुद्दामा संयुक्त संघर्ष र जनयुद्ध, शहिद सप्ताह र जनआन्दोलन लगायतका दिवस संयुक्त रुपमा मनाउने उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *