प्रादेशिक राजधानीको माग गर्दै तिन दिनदेखि धनकुटामा आमहडताल, आज पनि जारी

धनकुटा – प्रादेशिक राजधानीको माग राख्दै तीन दिनदेखिको आमहड्तालले धनकुटाको जनजीवन कष्टकर बनेको छ । प्रदेश नं.१ को राजधानी धनकुटा हुनुपर्ने माग राख्दै स्थानीयबासीले आमहड्ताल आव्हान गरेका हुन् ।

विगत एक महिनादेखि आन्दोलनमा उत्रिएका धनकुटाबासीले आन्दोलनलाई थप सशक्त बनाउने भन्दै यातायात तथा बजार पसल ठप्प पारेका छन् । बन्दका कारण कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा यातायाट ठप्प रहेको छ । धनकुटाको मुलघाट, हिले, सिधुवा लगायतका स्थानमा अलपत्र परेका सवारी साधन गए राति सुरक्षाकर्मीको पहलमा गन्तव्यमा पठाएको प्रहरीले जनाएको छ ।

आन्दोलनकारीले हिजो पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गरेका थिए । उनीहरु आजपनि बिहानैदेखि धनकुटाका जीरो प्वाइन्ट, आत्मारा ढाट, देब्रेबास, कागते लगायतका स्थानमा प्रदर्शन थालेका छन् । राणाकालदेखि हालसम्म मुख्य प्रशासनिक थलोको रुपमा रहेको धनकुटामा पर्याप्त भौतिक पुर्वाधार रहेपनि प्रादेशिक राजधानी अन्यत्र तोक्न लागेको भन्दै विरोधमा उत्रिएको आन्दोलनकारीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *