मैले ननिदाएको रात -मनुषा राई

मनुषा राई

मैले ननिदाएको रात    

मैले ननिदाएको रात
यी
मेरा आँखाभित्र
तिमी संग मैले देख्ने
वर्तमानका रंगिन फूलहरु
भविष्यको लोभलाग्दो कल्पनाहरु
सँगै
तिमी पारी किनारामा पुग्यो
म वारि किनारामा उभिएँ
किनारा सँगै
आत्माहरुको संगम नहुदो रहेछ
ति अँधेरी रातहरुमा
यी कहाली लाग्दा शुन्यताहरुमा
थाहा छ तिमी वारी म पारी
वेचैन छ मन
यस्तै बेला
केवल
जुनेली सम्झना तिम्रो

जुनेली सँगै तिमीलाई खोज्दै
पर क्षितिजसम्म आँखा कुदाएँ
सम्झनामा तप्तप बग्दै
बिचको हाम्रो नदिलाई
हरपल साथ दिएँ
नदिको सुसाई किनारालाई
के अर्थ हुँदो रहेछ र
सम्झनुको पिडामा
मैलै मजा लुटि रहेँ
केवल याद थियो तिम्रो

तिमीलाई के थाहा प्रिय
मैले ननिदाएका
थुप्रै थुप्रै रातहरु छन्
थुप्रै थुप्रै दिनहरु छन्
दिनको उजेली
रातको जुनेली
सँगै
तिम्रो याद्को पोको फुकाउँदा
ताराहरु लजाएको
बर्षा याममा घाम लजाएको
औँशीमा चन्द्रमा हराएको
कसम होला
तिमी बादलभित्र लुक्दा
म जुनकीरीको झिलिमिलीसँगै
मनको अञ्जुलीमा एक मुठी पानी उठाएर
त्यही हेरेको थिएँ
तिम्रो प्रतिबिम्ब

हो त्यही
मिठो यादहरुमा डुबुल्की मार्दै
आज एकान्तमा बाँचेको छु
त्यही रात र दिनहरुकमा
सोधी रहेको छु
तिम्रो गन्तव्य
कुन हो
जाने कहाँ
तिमीलाई के थाहा प्रिय
मैले ननिदाएको
थुप्रै थुप्रै रातहरु
कति मुल्यका हुन भन्ने
ननिदाएर देखेको सपना
लाँखौ करडौँ भन्दा अहिले महँगो छ
के सक्छौ र प्रिय
मुल्यको हिसाव गर्न
आउ मिलाउँ हिसाब
तिमी पल्लो किनार
म वल्लो किनार
आउ मिलाउँ हिसाब

~~~~~~~~~मनुषा राई~~~~~~~~

Leave a Reply

Your email address will not be published. Required fields are marked *