द्वन्द पीडितका समस्या समाधान नगरिए आन्दोलन

काठमाडौं, १ माघ – द्वन्द पीडित कालीबहादुर घर्तीमगरले तत्काल सशस्त्र युद्धका क्रममा भएका जति पनि घट्नाहरुको बारेमा वाम गठबन्धन गम्भिर नबने अन्तराष्ट्रिय अदालतमा जाने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गरेर घर्तीले एक महिनाभित्र द्वन्द पीडितले न्याय नपाए आफू अन्तराष्ट्रिय अदालतमा जाने चेतावनी दिएका छन्।

उनले भने,‘सरकारले आजको दिनसम्म धेरै प्रकारका आयोगहरु गठन गर्यो, ती आयोगहरु पैसा कमाउने जागिरमा परिणत भएका छन्, पछिल्लो समयमा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगले कुनैपनि काम नगरि फेरी एकवर्षे म्याद थप्न खोजिरहेकोछ, यस्तो काम भयो भने पीडितको आँशुमा रमाउनेहरुले बुझ्नुपर्छ, हामीले आफन्त गुमाएका छौँ, घरपरिवार विस्थापित छ, ६ लाख ४० हजार सम्पति लुटिएको छ, घरपनि छैन्, तीनपटक अपहरण गरि मार्ने कोसिस गरिएको थियो, भाग्यवस म बाँच्न सफल भएको थिएँ ।’

उनले अघि थपे,‘द्वन्द पीडितहरुलाई तत्काल क्षतिपूर्ती दिनुपर्छ, मानव अधिकार उल्लंघनका घट्नामा मुछिएकाहरुलाई कानून बमोजिम कारबाही गरिनुपर्छ, माओवादी युद्धका योजनाकारहरुले ६० हजार द्वन्द पीडितहरुसमक्ष माफी माग्नुपर्छ।

सल्यान जिल्ला ढोरचौर गाउँपालिका वडा नम्बर ४ निवासी घर्तीले कुनैपनि निकायबाट आजसम्म राहत नपाएको गुनासो गरेका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य समेत रहेका घर्तीले भक्कानिँदै भने,‘मेरो पार्टी नेपाली कांग्रेससँग पनि उपचार खर्चको लागि निवेदन दिएँ तर त्यसको सुनुवाई भएको छैन्, मलाई तुरुन्त पार्टी केन्द्रले वा नेपाल सरकारबाट आर्थिक सहायता उपलब्ध गराईयोस् भनि विनम्र अनुरोध गर्दछु ।’
तत्काल राज्यद्धारा पीडितका मागहरु सम्बोधन नभए सशस्त्र यूद्ध शुरु भएकै दिन अर्थात फागुन १ गतेबाट राजधानीको टुडिखेलमा धर्नादिने र आन्दोलनमा उत्रिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *