क्यान्सरपीडितलाई मनोसामाजिक परामर्श आवश्यक : डा. रिसभ कोइराला

काठमाण्डौ : नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिका डा. रिसभ कोइरालाले क्यान्सरका विरामीहरुको उपचारमा मानसिक स्वास्थ्यको विषय पनि सँगै जोडिएर आउने बताएका छन् ।

धैर्य क्यान्सर फाउण्डेसनले विहीबार ब्रिटिस गोर्खा कलेज बाँसबारीमा क्यान्सरका विरामीहरुको मानसिक स्वास्थ्यका विषयमा युवाहरुलाई जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा उनले क्यान्सरपीडितको उपचारमा सम्बन्धित पक्ष लाग्ने गरे पनि उसको मानसिक स्वास्थ्यको पक्षमा ध्यान जान नसकिरहेको बताए ।

अन्य देशहरुमा क्यान्सरका बिरामीहरुको मानसिक स्वास्थ्यलाई पनि महत्वका साथ हेरिने गरेको जानकारी “नेपालमा क्यान्सरपीडितको मानसिक स्वास्थ्यबारे ध्यान जान सकेको छैन, तर यो विषय महत्वपूर्ण रहन्छ ।’ मानसिक रोगको डाक्टर समेत रहेका उनले क्यान्सरपीडितको मानसिक स्वास्थ्य नेपालमा भर्खर चासोको रुपमा देखिन थालेको बताए । नेपालमा धेरै क्यान्सरपीडितहरुले आत्महत्या गर्ने गरेको र यसको मुख्य जड मानसिक विचलन भएको जानकारी गराउँदै डा. कोइरालाले भने–‘क्यान्सरपीडितहरु किन आत्महत्या गर्ने सोंचमा पुगिरहेका छन्, आम मान्छेको ध्यान त्यसको खोजीतर्फ पुग्न सकिरहेको छैन ।’

क्यान्सरपीडित बिरामीमा देखिने मानसिक विचलनले रोग घटाउनुको सट्टा प्रतिरोधात्मक क्षमता कम गर्दै लैजाने जानकारी दिंदै उनले भने ‘क्यान्सर लाग्दैन तत्काल कसैको मृत्यु हुँदैन ।’

नेपालमा क्यान्सरपीडितको सहि उपचारमा ध्यान पु¥याउन नसक्दा पीडितहरुमा थप समस्या बढ्ने र यसले नियमित जीवनमा नै असर गरिरहेको कोइराला बताए । कार्यक्रममा नेपालमा क्यासरपीडितमा मनोवैज्ञानिक असरका कारण ३० प्रतिशत रोग बढिरहेको पनि जानकारी गराइएको छ ।

यस्तै कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष टेरिसा तामाङले नेपाल क्यान्सर र यसको उपचारबारे सर्वसाधरणसम्म जानकारी आवश्यक रहेको बताइन् । उनले फाउण्डेशनमार्फत क्यान्सर रोगबारे जानकारी दिन विभिन्न समयमा कार्यक्रमहरु हुँदै आएको बताइन् । उनले यस्ता विरामीलाई मनोसामाजिक परामर्श आवश्यक रहेको औंल्याइन् । कार्यक्रममा ब्रिटिस गोर्खा कलेजका अध्यक्ष प्रा. डा. इन्द्रजीत राई, प्रिसिन्पल हिमालशेर राई, कलेजका शिक्षक तथा करीब ८० विद्यार्थीहरुको सहभागिता थियो ।

कार्यक्रममा फाउण्डेशनले डा. कोइराला र कलेजका अध्यक्ष प्रा. डा. इन्द्रजीत राईलाई सम्मान समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *