“धेरै चोटि आँखा जुध्यो” कभर गीतबाट शुभद्राको डेब्यु

हेटौडा – नव गायिका शुभद्रा भट्टराई पुरानो तथा चर्चित गीत “धेरै चोटि आँखा जुध्यो तर तिमी हाँसेनौ” लाई कभर गीत गाएर सांगीतिक क्षेत्रमा प्रवेस गरेकी छन् l सानै उमेरदेखिको सांगीतिक मोहलाई अगाडी बढाउन पहिलो पल्ट नेपाली दर्शक श्रोता माझ नव गायिका सुभद्रा भट्टराईले चर्चित पुरानो गीत “धेरै चोटि आँखा जुध्यो तर तिमी हाँसेनौ, वोलको गीत सार्वजानिक गरेकी हुन् । शुभद्रालाई नव गायक संजय मण्डलले साथमा दिएका छन् । गीत लेखनमा समेत कलम चलाउदै आएकी नव गायिका शुभद्रा भट्टराई व्यवसायिक रुपमा सांगीतिक फाँटमा लाग्ने जमर्को गरिरहेकी छन् l

मोफसलमा बसेर पनि सांगीतिक फाटमा सक्रिय बन्दै गएकी मिठो स्वरकी धनि सुभद्रा भट्टराईको संगीत तथा कला प्रति एकदम मोह छ l चलचित्र तथा अन्य म्युजिक भिडियोबाट समेत अभिनयको अफर आएको तर आफुले खेल्न नचाहेको बताउने शुभद्राको आवाज भने प्रशंसा योग्य नै छ l

सार्वजानिक गीतमा स्वर तथा अभिनय समेत शुभद्राकै रहेको छ भने अभिनयमा नव गायक संजय मण्डलले साथ् दिएका छन् l उक्त गीतको म्युजिक भिडियो हेटौडाको रमणीय स्थानमा छायांकन गरिएको छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *