देशमा शान्ति र अराजकता फैलाउने शक्ति सक्रिय

काठमाडौ १५ माघ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा अशान्ति र अराजकता फैलाउने शक्ति सक्रिय रहेको बताएका छन् ।

प्रेस सेन्टरको १४ औ स्थापना दिवसको सन्दर्भमा महिला विभागले सोमबार काठमाण्डौमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले मुलुक आर्थिक विकासतिर नभई अराजकताको भुमरिमा परिरहोस् भन्ने चाहाना राख्ने शक्ति अझै पनि सक्रिय रहेको समेत बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र तथा समावेशी समानुपातिक प्रतिनिधित्व मन नपराउने मान्छेहरु मुलुकमा राजनितिक अस्थिरता कामयै रहोस् भन्ने कामनाका साथ सक्रिय रहेको उनको भनाई थियो । त्यही शक्ति विरुद्ध एकजुट भई मुलुकलाई अस्थिरताको भुमरिबाट बाहिर ल्याई विकास र सम्वृद्धिको बाटोमा अघि बढाउन कम्युनिष्ट एकता, बामगठबन्धन लागेको पनि उनले स्पष्ट पारे ।

अध्यक्ष दाहालले मुलुकलाई विकास र आर्थिक सम्वृद्धितर्फ अघि बढाउने आफूहरुको निष्कर्ष र पहललाई जनताले निकै उत्साहका साथ अनुमोदन गराएकाले अब सापेक्षिक रुपमा मुलुक राजनितिक स्थायित्व र शुसासन तर्फ अघि बढ्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *