क्रान्तिकारी युवा लिंग बाँकेको संयोजकमा अमिट १५ सदस्यीय कमिटी गठन: संघर्षमा जोड

दिनेश कुमार श्रीवास्तव / बाँके – नेकपा (क्रान्तिकारी माओवादी) निकटको क्रान्तिकारी युवा लिंग बाँकेको संयोजकमा विरेन्द्र शाही अमिट निर्वाचित भएका छन् । क्रान्तिकारी युवा लिंग बाँकेले आज नेपालगञ्जमा सम्पन्न गरेको भेलाले अमिटको संयोजकत्वमा कमिटि गठन गरेको हो ।

भेलाले चार सदस्य पछि थप्नेगरी १५ सदस्यीय क्रान्तिकारी युवाको जिल्ला समिति गठन गरेको छ । उक्त बैठकले पार्टीले संञ्चालन गरेको तीन महिने संगठन निर्माण तथा जनपरिचालन अभियानलाई सघाउने, फागुन एक गते मार्च पाश गर्ने, सदस्यता वितरण गर्ने लगायतको निर्णय गरेको छ ।
उक्त भेलालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य शिशिरले हरेक मुक्ति आन्दोलनमा युवाको भूमिका महत्वपूर्ण भएको बताए । उनले विचारले निर्देशित युवाहरू सुन्दर भविष्यका निर्माता भएको भन्दै जनवादी क्रान्तिका लागि संगठीत हुनुपर्नेमा जोड दिए ।

पार्टीको बाँके बर्दिया ईन्चार्ज भुपेन्द्र न्यौपानेले क्रान्तिकारी संगठन भित्र संघर्ष जरूरी लुकेको हुने बताउदै युवाले आन्दोलनको नेतृत्व गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य लोकराज जैसीले निर्वाचित समितिलाई शुभकामना दिदै राज्य दमनको विरूद्धमा युवा जाग्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *