मलेशियामा “कविता कन्सर्ट २०१८” हुने, कन्सर्टको लागि स्वप्निल स्मृति मलेशियामा

ईन्द्र जिजीबिषा / काठमाडौ- मलेशियाको राजधानी क्वालालम्पुरस्थित कोतारायामा “कविता कन्सर्ट २०१८” हुने भएको छ । कविता कन्सर्ट ४ फेब्रुवरीको दिन कोतारायास्थित फाईभ ईलेमेण्ट होटेलमा हुने भएको हो । प्रायजसो सांगीतिक कन्सर्टमा रमाउदै आएका आम मानिसहरु अब भने कविता कन्सर्टमा रमाउन पाउने भएका छन् ।

“विश्वमा नेपाली साहित्यको विस्तार हाम्रो अभियान, साहित्यबाटै नेपालको बेग्लै पहिचान” भन्ने मूल नारा सहित हुन गैरहेको कविता कन्सर्टको लागि, नेपालबाट युवा प्रखर कवि स्वप्निल स्मृति त्यता जाने भएका छन् । स्वप्निल स्मृति पछिल्लो समयका प्रखर कवि मानिन्छ ।

कवि स्वप्निल स्मृतिले एक दर्जन भन्दा बढि आफ्नो कविताहरु सुनाउनेछन् भने मलेशियामा रहेर नेपाली साहित्यमा कलम चलाईरहेका केहि साहित्यकारहरुले पनि उक्त कविता कन्सर्टमा आ-आफ्ना कविताहरु सुनाउने छन् ।

कोतारायास्थित फाईभ ईलेमेण्ट होटेलमा हुने उक्त कविता कन्सर्टको लागि, क्वालालम्पुरस्थित लाली गुराँस रेस्टुरेन्ट, परदेशी रेस्टुरेन्ट, मण्डला रेस्टुरेन्ट, इपो पेराकस्थित सुम्निमा रेस्टुरेन्ट र हर्बो केयर यस.डि.एन.बि.एच.डि.ले प्रायोजन गरेको छ । कार्यक्रम दिनको ठिक ११ बजे सुरु हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *