“कविता कन्सर्ट-२०१८” को अन्तिम तयारी पूर्ण

कोरिया – कोरियामा नेपाली साहित्यिक उभार उम्दो छ । बीज ढुङ्गामाथि छरेपनि उम्रिन सक्छ ,उक्ति छ,सृजना बिज हो।प्रवासको कडा मेहनत, पीडा, फुर्सदको सानो समय आत्म सन्तुष्टिको मनोरङ्गहरु, माटोको प्रेम भावहरुले जहाँ रहे पनि उन्माद बनाई रहदो रहेछ। यस्तै आकांक्षाले ओतप्रोत भएर नेपाली साहित्यमा मौलिकता माथि इतर जिकिर गर्ने कवि स्रष्टाहरूको संस्था “इतर आवाज साहित्य समाज”दक्षिण कोरिया, द्वारा नजिकिदै गरेको कोरियनहरुको ठुलो चाड सलनालको अवसर पारेर आयोजना हुन गई रहेको “कविता कन्सर्ट-2018″को अन्तिम तयारी भई सकेको संस्थाको शिर्ष विन्दु तथा कार्यक्रमका संयोजक पराजित पोमुले जानकारी गराएका छन् ।

सरल, शालिन शब्दलयबाट स्थानिय स्वादको लेखनमा बहुचर्चित सृजनशिल अराजक एक प्रवतक कवि, लेखक ‘उपेन्द्र सुब्बा’तथा युवा पुस्ताका प्रिय चिर-परिचित रङ्गवादी कवि ‘स्वप्निल स्मृति’ उक्त कार्यक्रमको आतिथ्यमा नेपालबाट कोरिया आउन लागेको हो।

आमन्त्रित स्रष्टाहरुसंग १५ तारीख बेलुका “कवि र कबिता”माथि बहस १६ तारीख बेलुका फिल्मि सम्बन्धि छलफल अन्तरक्रिया रहने इतर आवाजको स्रोतबाट जानकारी खुल्न आएको छ। मुख्य कार्यक्रम सऊल,दोङ्देमुन स्थित नेपाल हाउसको हलमा फेब्रुवरी १७ तारीखमा आयोजना हुदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *