एएफसी केन्ट गोर्खा भेट्रान च्यारिटी खेलका लागी नेपाल प्रस्थान गर्दै ।

सुरेन्द्र इङ्नाम– केन्ट, वेलायत
गत सन २०१८ फरवरी ४ तारिखको दिन गोर्खा भिल्ला, केन्ट बेलायतमा क्लबको अन्तिम बैठक बसे अनुसार एफ्सी केन्ट गोर्खा भेट्रान बेलायतले च्यारिटी फुटबल खेल खेल्न अर्को हप्ता नेपाल प्रस्थान गर्दैछन् ।

नेपालीहरुले बेलायती सेनामा २०० वर्ष लामो काम गरेको ईतिहाँस सँगै सन २००७ बाट बेलायतमै बस्न पाउने अधिकार पाए यता आफ्नो संस्कार संस्कृति, भाषा तथा नयाँ र पुराना पुस्तालाई जोडेर राख्न साथै कामलाई एकछिन छाडेर समाजमा घुलमिल गराउन या हुनलाई यस क्लबको स्थापना सन २०१४ मा भएको हो ।

यहि आउदो फरवरि र मार्चभित्र काठमाण्डौ र पोखरामा गएर खेलिने च्यारिटी खेलका लागी गोर्खा वेलफर ट्रस्ट सँग सहकार्य गरेर यस च्यारिटी फण्ड राईज गर्न शुरु गरेको क्लबका प्रवन्धक बुद्धी सुनुवारले बताउनु भएको हो । फण्ड राईज गर्न बेलायतको केन्ट एरियाको ३ ठाँउहरुमा क्रमशः आशफोर्ड, मेडिस्टन र फक्सटनमा कार्यक्रम सम्पन्न गरेको छ ।

आज बसेको क्लबको बैठकले उक्त ३ च्यारिटी फण्ड राईज डिनर नाईट र सहयोगार्थ टिकट बाट के कति रकम संकलन भएको र सम्पुर्ण ब्याबस्थापनमा कति खर्च भयो र नेपालमा कति सम्बाहित खर्च हुने र गर्ने भन्ने बारे महत्वपुर्ण निर्णय गरे पनि च्यारीटीमा कति रकम हस्तान्तरण गर्ने भन्ने निर्णय भने नेपाल गएर २ खेलहरु खेलेर मात्र गरिने भन्ने जानकारी क्लबका प्रबन्धक बुद्घी कुमार सुनुवारले बताउनु भयो ।

उक्त २ खेलहरु क्रमश काठमाण्डौमा एन्फा भेट्रान सँग फरवरि २४ तारिख र पोखरामा साहारा यूथक्लब सँग ३ मार्चमा खेलिने निर्णय भएको र उक्त बेलायत र नेपालका २ ठाँउहरुमा खेलिएको खेलबाट उठेको रकमलाई काठमाण्डौमा सिआरसी ९ऋजष्मि च्भअगभ ऋभलतचभ।० लाई, पोखरामा साहारा यूथक्लबलाई र बेलायतमा गोर्खा वेलफर ट्रस्टलाई हस्तान्तरण गर्ने निर्णय पनि क्लबले गरेको प्रबन्धक र सह–प्रबन्धक भास्कर राईले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *