“माथि माथि हिमाली भेगमा” मारुनी नाच्दै आईन् बबिना किराती (भिडियो सहित)

ईन्द्र जिजीबिषा / काठमाडौ- संकट अवस्थामा रहेको मारुनी भाकालाई फेरि एकपटक सम्झनु बाध्य बनाएको छ । संगीतकार डि आर अटु र गायिका बबिना किरातीले मारुनी भाकालाई एकपटक सम्झिनु पर्ने बाध्य बनाएका हुन् ।

नेपाली गीत संगीतको क्षेत्रमा रक प्याटन गायिकाको रुपमा स्थापित गायिका बबिना किरातीको स्वरमा रहेको “माथि माथि हिमाली भेगमा” बोलको मारुनी भाकाको गीत सार्वजनिक भए संगै, मारुनी भाका फेरि एकपटक ताजगी बनेको हो । शब्द तथा संगीत डिआर अटुको रहेको यो गीत गायिका बबिना किरातीको पहिलो गीति एल्बम “मर्निङ्ग द बिगीनिंग” मा समेटिएको छ । राजु कार्कीले एरेन्ज गरेको यो गीतलाई प्रकाश केसीले मिक्सिंग गरेका छन् ।

यो गीतको म्युजिक भिडियोलाई नेपाल टेलिभिजनको एनटिभि प्लस बाट म्युजिक भिडियो लाईभ देखाएर सार्वजनिक गरिएको थियो । गायिका बबिना किरातीको पहिलो गीति एल्बम ” मर्निङ्ग द बिगीनिंग” मा सातवटा गीतहरु रहेका छन् भने संगीतकार डि आर अटुको एकल संगीत रहेको छ।

यो गीतको म्युजिक भिडियोलाई लमजुङको रमणिय पर्यटकीय स्थल “घले गाउँमा छायांकन गरिएको छ। गायिका बबिना राई आफैले फिचरिङ्ग गरेको यो गीतको म्युजिक भिडियोमा गायिका बबिना किरातीलाई मोडेल अनिश मगरले साथ् दिएका छन् । गायिका बबिना किरातीको यो पहिलो मोडलिङ्ग यात्रा हो भने,अनिश मगरले डेढ दर्जन जति म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । उत्सव दाहालले छायांकन गरेको यो गीतको म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन र युवराज वाइबाले निर्देशन गरेका हुन् ।

संगीतकार अटुको एकल संगीत रहेको “मर्निङ्ग द बिगीनिंग”मा शब्द रचना भने, डि आर अटु, गणेश पौडेल, छविशित कुलुङ, यल्जी विवश, धरती कल्पना, सुरेन्द्र कार्की र मिलन किरातीको शब्द रहेका छन् । यो गीति एल्बमको अन्य गीतहरुमा राजु कार्की, अमोस तामाङ, पुष्कर सुनुवार र महाराज थापाले संगीत संयोजन गरेका छन् ।
यो गीतको म्युजिक भिडियो हेर्नलाई यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *