प्रदेश नं ५ मा सरकार गठनको प्रक्रिया सुरु

काठमाडौ- प्रदेश नं ५ मा सरकार गठनको प्रक्रिया सुरु भएको छ । आइतबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले संसदीय नेतामा कुलबहादुर केसी “सोनाम” लाई चयन गरेसँगै सरकार गठन प्रक्रिया सुरु भएको हो ।

एमाले र माओवादीले प्रदेश प्रमुख उमाकान्त झा समक्ष सरकार गठनका लागि निवेदन दिँदैछन् । प्रदेश ५ मा मुख्यमन्त्री एमाले र सभामुख माओवादीले लिने सहमति भएको छ ।

एमाले र माओवादीबीच प्रदेश ५ मा पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति चुनाव अघि नै भएको थियो । प्रदेश नं ५ को प्रदेश सभामा एमालेका ४१ र माओवादीका २० सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *