गीत

दुनियाको के भरोसा जिन्दगीको के भर
तिम्रै हातमा यो जवानी थमाई राख्छु
छैन निराश सुन्दर स्वर्ग छ सपनाको घर
यौवनको उपहार मधुमास लिई आउछु

हजारौ सवालहरू उठिदेलान हाम्रो बाटो भरी
स्वर्ग ल्याउनु छ जीवनमा सुजनको आव्हान गरी
सुस्त सुस्त पाईला चाली मोहको यात्रा भरी
ओठमा आई अड्किएको बात लिएर आउछु

निश्चल कञ्चन मनको तलाउ तिमी
कहिलेकाही छछल्किए पथ्थरले हानी
हृदयको गहिराईबाट आँशु बनि पोखिए नि
भिजेका यी परेली सुकाएर आउछु

©पवित्रा राई, ओखल्ढुङ्गा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *