इण्डोनेशियामा मरेको बच्चालाई रुखमा गाड्छन्

असोज २६ काठमाडौ, इण्डोनेसियाको राजधानीभन्दा १८६ मिटर टाढा पर्ने ताना तरोजा नामक पहाडि क्षेत्रका बासिन्दाहरु बच्चा मरिसकेपछि उसको लासलाई जमिनमा गाडदैनन रुखभित्र प्वाल पारेर राख्छन ।

ठूलो रुखको काण्डमा बच्चाको लास अट्ने प्वाल खोपिन्छ । त्यसपछि सोही प्वालमा बच्चाको लास राखेर बाहिरबाट स साना काठले छोपिन्छ । यसरी रुखभित्र लास राख्नाले केही समयपछि बच्चाको लास रुखसँगै मिल्छ ।

सो क्षेत्रको जंगलका ठूलो रुखहरुमा धेरै बच्चाका लास राखिएको देख्न सकिन्छ । रुखका काण्डहरुमा ठाउँठाउँमा प्वाल पारेर लास राखेर बाहिरबाट छोपिएको देखिन्छ ।

यद्यपि सबै बच्चाका लासलाई यसरी रुखभित्र राखिँदैन । दाँत नपलाउँदै मृत्यु भएका बच्चाहरुलाई मात्र यसरी रुखभित्र अन्त्येष्टि गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *