शेरबहादुर मगर र रिया श्रेष्ठ अभिनित “छुटेको साथ” सार्वजनिक (भिडियो सहित)

ईन्द्र जिजीबिषा / काठमाडौ- हट र सेक्सी मोडेलको परिचय बनाएकी नायिका तथा मोडेल रिया श्रेष्ठको पृथक भूमिकामा रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । “पर्खाईमा” गीति एल्बममा रहेको “छुटेको साथ्” बोलको म्युजिक भिडियोमा मोडेल रिया श्रेष्ठको फरक भूमिका रहेको हो ।

साह्रै मिलेको एक युगल जोडी चखेवा झैँ हुन्छन् । सुख दुख, हाँसो-खुसि संगै एकै साथ बिताईरहेका यी जोडी एकदिन लामो यात्रामा निस्केका हुन्छन् । यात्राकै क्रममा निक्कै टाढा पुगेपछि सडक एकछेउमा गाडि रोकेर प्रेमी केहि खानेकुरा किन्न नजिकैको पसलमा जान्छ । यहि समयमा केहि युवाहरु आएर प्रेमिकालाई गाडि भित्रबाटै अपहरण गरेर कुनै अज्ञात स्थानमा लैजान्छ ।

यसपछि, उता प्रेमिका अध्यारो कुनै एउटा बन्द कोठामा थुनिएर रहन्छिन् भने यता प्रेमी रात-दिन भौतारिदै दिनहरु कटाउदै हुन्छ । समयले निक्कै कोल्टे फेर्छ । एकदिन, प्रेमी कतै जादै गर्दा बाटोमा आफ्नो पुरानो प्रेमिकालाई भेट्छिन् । तर प्रेमिकाले यतिबेला सम्म मानसिक सन्तुलन गुमाई सकेकी हुन्छन् । सडक पेटी र पसल-पसलमा केहि खानेकुरा माग्दै गरेको अवस्थामा आफ्नो प्रेमिका भेटिएपछि प्रेमीले उद्धार गर्छ ।

यो कथा हो एक म्युजिक भिडियोको र यसका परिकल्पना गरेका हुन् निर्देशक नेत्र किरातीले । शब्द, संगीत र स्वर समेत रोशन कुमार लो को रहेको यो गीतमा एरेन्ज भने रुपेन्द्रले गरेका हुन् ।

रिया श्रेष्ठशेरबहादुर मगरको अभिनय रहेको यो गीतको म्युजिक भिडियोलाई छायांकन र सम्पादन ओम प्रशाईले गरेका हुन् भने यो गीतको म्युजिक भिडियोलाई निर्देशक नेत्र किरातीले गरेका हुन् ।

यो गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोला


Leave a Reply

Your email address will not be published. Required fields are marked *