राधा चौधरीलाई कुटपिट गर्ने किस्मती चौधरी पनि पक्राउ

कैलाली, २७ फागुन – बोक्सीको आरोप लगाउदै अमानविय तरिकाले राधा चौधरीलाई कुटपिट गर्ने किस्मती चौधरी पनि पक्राउ परेकी छन् । उनलाई उनकै गाउँबाट बिहान प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । यस अघि पक्राउ परेका रामबहादुर चौधरीलाई हिरासतमा राखी छनबिन भइरहेको छ ।

कैलालीको घोडाघाडी नगरपालिका-५ देउकलीमा २० वर्षीया युवती राधा लगातार ६ घन्टासम्म कुटपिटमा परेकी थिईन् । कुटपिटबाट गम्भीर घाइते भएकी राधालाई हेर्न प्रदेश ७ का मुख्य मन्त्री त्रिलोचन भट्ट र सामाजिक विकास मन्त्री दीर्घ सोडारी अस्पताल पुगेका छन् ।

यहि घट्नाको सम्बन्धमा घोडाघोडी नगरपालिकाला मेयर ममताप्रसाद चौधरीले यो घटनाको बारेमा पत्रकारहरुको प्रश्नमा गैर जिम्मेवार ढंगले जवाफ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *