दोस्रो एल्बम चाडै निकाल्छु – बिकास

याेगिन राई
घायलचरि एल्बम मार्फत बजारमा उदाएका खाेटाङ्गे युवा गाएक बिकास सँगम राईको दाेस्राे एल्बमकाे लागि गीत तयारि गरिरहेका छन् । त्यहि दाेस्राे एल्वममा समाबिष्ट पहिलाे गीत अाज भर्जिन भ्वाईस रेकर्डिङ स्टुडियाे नक्सालमा रेकर्डिङ सम्पन्न गरिएकाे छ । गजल विधामा रहेकाे उक्त गीतको शीर्षक “बेला-बेला हराउनेलाइ के माया गर्नु” रहेकाे छ भने उक्त गीतलाई कर्ण रसाइलिले शब्द लेखेका छन भने कन्काइष्ट राईले सँगित भरेका छन् ।

सानै उमेरदेखि गाउघरमा भिरपाखा डाडाखाेला घाँस गाेठाला मेलापातमा जादा नारायन गाेपाल राजेश पायल राई, रामकृष्ण ढकालका गीतहरु रेडियाेमा सुनेकाे अाधारमा उनले पनि बिस्तारै गुनगुनाउन थाले साथै उनलाइ पनि गाउने इच्छा लाग्न थाल्याे र गाउघरमा हुने विभिन्न सास्कुतिक कार्यक्रममा गीत गाउन सुरु गरे विभिन्न प्रतियाेगितामा भाग पनि लिए र सफल पनि भए र बिस्तारै गाउदा गाउदै यहि क्षेत्रमा केहि गर्छु भन्ने इच्छा मनमनै सजाउन थाले र यहि अाफ्नाे सपना पूरा गर्न जिल्लामा कुनै संगीतको विद्यालय नभएकाे कारण उनी अाफ्नाे सपनाहरु बाेकेर तिन बर्ष अगाडि राजधानि छिरेका दिक्तेल रुपाकाेट मझुवागडि नगरपालिका वडा न ३ का बाबा इश्वरमान राई र अामा धनकुमारि राइकाे जेठा छाेरा बर्ष २४ का बिकास सँगम राईले अाफ्नाे लक्ष्य प्राप्तिकाे लागि रातदिन नभनि निरन्तर सँगितमा लागिरहे र लामाे समयकाे मेहनतपछि पहिलाे एल्बम निकाले र साेहि एल्बममा रहेका गीतहरुलाई श्राेताहरुले निकै नै प्रशंसा र साथ सहयाेग पाएपछि उनी दाेस्राे एल्बम निकाल्ने तयारिमा हाैस्सिएका हुन र दाेस्राे एल्बमका गीतहरु पनि उतिक्कै मिठा र कर्णप्रिय रहने उनले बताए ।

यस एल्बमबाट पनि श्राेताहरुबाट उतिक्कै प्रशंसा र माया पाउनेमा उनी ढुक्क छन् । पहिलाे एल्बम घायलचरिमा जम्मा ५ वटा समाबिष्ट गीतहरु रहेका थिए । जसमा “म त घायलचरि सरि हुन्छु” “म मरेर गए भने” ” नत्थि वालिले” “हे मेरि अामा” “दिक्तेल बजारमा” जस्ता गीतहरु रहेका छन् ।जसमा गाएक अाफैकाे रचना संगीत रहेका छन भने साथमा साजन राई गाेबिन्द थापाले पनि संगीतमा साथ दिएका छन् र रचनामा पुष्पराज बस्याल र जिएस स्मित साथ दिएका छन् हाल उनि बसुन्धारा स्थित नया मार्गि संगीत विद्यालयको बरिष्ट सँगितकार डक्टर किरातकाे साथमा रहेर संगीत सिकिरहेका छन् । संगीत क्लासकाे अलवा हाल उनी विभिन्न जिल्लामा हुने स्टेज कार्यक्रममा समेत ब्यस्त रहेका छन् ।

संगीत क्षेत्रमा धेरै गार्हाे र प्रतिष्पर्धात्मक रहेकाेले एकदमै कडा मेहनत गर्नुपर्छ र गार्हाे भएपनि मेहनत गरे एकदिन अवश्य सफल भइन्छ उनी थप्छन् ।
र त्यहि घायलचरि एल्बममा समाबिष्ट टाइटल गीत “म त घायलचरि सरि हुन्छु” भन्ने गीतको भने म्युजिक भिडियाे बजारमा अाइसकेका छन् र अरु बाँकी गीतहरुको भिडियाेको लागि पनि काम भइरहेकाे र छिट्टै बजारमा अाउन लागेकाे गाएक बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *