अन्ना गुरुङको “धेरै आए माया किन्न, बिक्री गरिन” बोलको गीत रेकर्ड सम्पन्न

0
1010
anna gurung

काठमाडौ- रक प्याट्रनमा राम्रो दखल राख्न सक्ने गायिका अन्ना गुरुङले नयाँ रक डान्सिङ्ग गीत रेकर्ड गराएकी छन् । सामाजिक संजालमा निक्कै चर्चित गायिका अन्नाले यो पहिलो पल्ट गीत रेकर्ड गराएकी हुन् ।

“धेरै आए माया किन्न बिक्रि गरिन, रिसाएनी बालै छैन, फिक्री गरिन” बोलको धमाकेद्वार डान्सिङ्ग आईटमको गीत गाएर म्युजिक भिडियो नबन्दै चर्चामा रहेकी अन्ना, यो गीतको म्युजिक भिडियो पनि चाडै ल्याउने तयारीमा छिन् । नविन दाहालको शब्द रचनालाई पारशमणि ढुङ्गानाले कम्पोज गरेको यो गीतमा एरेन्ज भने बुद्ध सायमीले गरेका हुन् ।

हेर्दा अलिक चंचली देखिने अन्ना गुरुङ, देश भित्रको विभिन्न स्थानहरुमा भएको सांगीतिक कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति देखाई सकेकी छन् भने बिदेशमा हुने सांगीतिक कार्यक्रममा पनि अन्ना गुरुङको मागहरु आईरहेको छ ।

LEAVE A REPLY